Comments Add Comment

भूकम्पको प्रभावमा काठमाडौंका मल्टिप्लेक्स

१६ वैशाख, काठमाडौं । शनिबार आएको भूकम्पबाट देशभरकै जनजिवन अस्तव्यस्त भएको छ । अहिलेसम्म ५ हजार नागरिकको निधन भएको खबर आएको छ । हजारौ मानिस घाइते छन् । लाखौ मानिस विस्थापित भएका छन् ।

CTC MALL

  • भूकम्पले चर्किएको सुन्धाराको सिने द सेफ

शनिबार आएको भूकम्पले काठमाडौंका केही चलचित्र भवनमा पनि ठूलो असर परेको छ । विशेषगरी, सुन्धारास्थित ‘सिने द सेफ’मा ठूलो प्रभाव परेको देखिन्छ । हल रहेको भवन चर्किएको छ । हलमा पनि क्षती पुगेको छ । यो हल अन्य हल संचालनमा आएकै समयमा संचालनमा आउने संभावना न्यून जस्तै छ ।

यस्तै, काठमाडौंको कमलपोखरीमा रहेको बीग सिनेमा पनि भूकम्पबाट प्रभावित भएको छ । यो हल रहेको सिटी सेन्टर पनि चर्किएको छ । हलमा पनि क्षती पुगेको बुझिन्छ । हल संचालक एवं वितरक गोपाल कायस्थका अनुसार देशभरका सम्पूर्ण हलमध्ये सिने द सेफ र बीग सिनेमा सर्वाधिक धेरै प्रभावित छन् ।

यस्तै, कायस्थले संचालन गर्दै आएको पुष्पाञ्जली र सिद्धार्थ हलको गेटमा क्षती पुगेको छ । भागदौडका क्रममा सिद्धार्थ हलमा करिब दर्जन दर्शक घाइते भएका थिए ।

‘तत्काल नेपालभरका हल संचालनमा आउने संभावना छैन । देशमा यस्तो विपत परेको समयमा हल चलाएर मनोरञ्जन दिन कहाँ सकिन्छ र ?’ वितरक तथा हल व्यवसायी कायस्थले भने ।

हलमा पुगेको क्षतीका लागि चलचित्र विकास बोर्डसँग पनि आग्रह गर्ने उनको भनाई छ । बिहीबार हलहरुको छाता संगठन चलचित्र संघको वैठक बसेर हलको अवस्था, संचालन कहिले गर्ने बिषयमा छलफल गर्ने तयारी गरिएको छ ।

Big Cinema

  • भूकम्पले क्षति पुगेको बिग सिनेमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment