+
+

राहतका लागि नेपथ्यले संगीत यात्रा थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते २०:१०

राष्ट्र शोकमा डुबेको बेला नेपथ्यले आफ्ना पूर्व निर्धारित कार्यक्रमलाई भूकम्प पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने भएको छ ।

Nepathya-performing-in-Brisbane-2

बैशाख २२ गते (मे ५) टोकियो र जेठ ८ गते (मे २२) दुबईमा हुने कार्यक्रम अब आयोजनागत र आर्थिक दुवै हिसाबले महाभूकम्पको राष्ट्रिय सन्तापमै समर्पित हुनेछन् ।

यस कोषका निम्ति नेपथ्यले पाँच लाख रुपैयाँ आफ्नो तर्फबाट सुरुमै छुट्याउने र जापान तथा दुबईको कार्यक्रमबाट हुने संकलनसमेत जोडेर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएको छ ।

नेपथ्यले शुभचिन्तकहरुलाई सहयोगको हात बढाउन आव्हान गरेको छ । सहयोग गर्नेहरूको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जाने नेपथ्यले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?