Comments Add Comment

काठमाडौं आइपुग्यो निगमको दोस्रो एयरबस

Nepal-Airlines-A320-Final
फाइल तस्वीर ।

१८ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो एयरबस काठमाडौं आइपुगेको छ । एयरबस विहान ६ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो ।

‘ए३२०-२००’ सिरिजको यस विमानलार्इ ‘लुम्विनी’ नाम दिइएको छ । विमान जर्मनीको हृयाम्बर्गबाट कतारको दोहा हुँदै काठमाडौंमा अवतरण गरेको हरिहर शर्माले जानकारी दिए । विमानस्थलमा पछिल्लो दिनमा देखिएको ट्राफिक समस्याका कारण विमानलाई विहानै काठमाडौं ल्याइएको हो ।

विमानमा १५८ सिट रहेका छन् । यो सँगै निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा विमान पुगेका छन् । निगमले गत माघ २५ गते पहिलो एयरबस भित्राएको थियो । ‘सगरमाथा’ नाम दिइएको उक्त जहाजले नियमित उडान भर्दै भरिरहेको छ ।

निगमले २७ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि विमान भित्राएको हो । यसअघि निगमले बोइङ ‘बि७५७’ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो ।

एयरबसमा औषधि र मेडिकल टिम

शुक्रबार भित्राइएको एयरबसमा जर्मनबाट औषधि र मेडिकल टिम समेत ल्याइएको छ । भुकम्प पीडितका लागि हुमेडिला नामक संस्थाले ३.३ टन औषधि र ४ जना डाक्टर, २ नर्ससहितको मेडिकल टिम ल्याएको छ । टिममा २ पत्रकार समेत रहेका छन् ।

एयरबसले भुकम्प पीडितलाई सहयोग गर्ने एउटा मेडिकल टिम नेपाल जाँदैछ लैजान्छौ भनेर सोधेको थियो’ शर्माले भने- ‘हामीले हुन्छ भनेर ल्याएर आयौं ।’ उक्त टिमले भुकप्प पीडित क्षेत्रमा शिविर राखेर विरामीको सेवा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment