+
+
Shares

इप्पानलाई धितोपत्र बोर्डको पत्र : आरोपको तथ्यगत प्रमाण पठाऊ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे आधिकारिक प्रमाण माग गरेको छ।
  • बोर्डले आरोपको पुष्टि भएमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
  • यसअघि, आईपीओ स्वीकृतिका लागि रकम मागिएको भन्ने गुनासो अख्तियारमा परेको थियो।

३१ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई आग्रह गरेको छ ।

बोर्डले नै निर्णय गरेर इप्पानलाई पठाएको औपचारिक पत्रमा कमिसन असुलका लागि बोर्डका कोही व्यक्तिमार्फत प्रयास गरिएको आरोपबारे तथ्यगत प्रमाण पठाउन भनिएको छ ।

इप्पानले पठाएको तथ्यगत प्रमाण र आधिकारिक धारणापछि संलग्नलाई सोही बमोजिम कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।

यसअघि आईपीओ स्वीकृतिका लागि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिँदै कसैले कमिसन लिन खोजेको भन्दै अख्तियारमा गुनासो परेको थियो । सोही गुनासोका आधारमा अख्तियारको एउटा प्रतिनिधि टोलीले बोर्डसँग यसबारे औपचारिक जानकारी समेत लिइसकेको छ ।

बोर्डले अख्तियारलाई आईपीओ पाइपलाइनमा रहेका प्रत्येक कम्पनीको पछिल्लो प्रगति स्थितिबारे जानकारी गराइसकेको छ । आईपीओ स्वीकृतिका लागि कुल रकमको ५ प्रतिशत कमिसन बुझाउनुपर्ने भन्दै पाइपलाइनका कम्पनीहरुसँग बोर्ड अध्यक्षकै नाम जोडेर रकम माग गरिएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?