Comments Add Comment

वालवालिकालाई सुरक्षित राख्न आमिरको अपिल

aamir-khan

मुम्बई । तीन खान मध्येका एक सलमान खानले गर्वका साथ मैले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको छैन भनिरहेका वेला बलिउडका ‘पर्फ]{टसम्यान’ भनिने आमिर खानले वालवालिकालाई सुरक्षित राख्न अपिल गरेका छन् ।

राष्ट्रसंघिय नियोग युनिसेफका दुत समेत रहेका आमिरले आफ्नो ट्वीटर एकाउण्ट मार्फत यो अपिल गरेका हुन् । चार महिना अघि मात्रै उनी नेपाल आएका थिए । युनिसेफ अन्तर्गत एक प्रोजेक्टमा नेपाल आएका आमिरले नेपालका केही गाउँ घुमेर वालवालिकाको स्थिती बुझेका थिए ।

उनले ट्वीटरमा लेखेका छन् ‘बढ्दो मृतकको संख्याले मलाई दुःखी बनाएको छ । कृपया प्रभावित वालवालिकालाई सहयोग गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment