Comments Add Comment

सहरी विकास मन्त्री खड्काले सबै तलब भूकम्प पीडितलाई दिने

२२ वैशाख, काठमाडौं । सहरी विकास मन्त्री डा. नारायण खड्काले मन्त्री र सभासद पदको तलब भूकम्प पीडितहरुका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।

मन्त्री खड्काले आफ्नो तलबमध्येबाट ९ हजार रुपैयाँ मात्रै आफूसँग राखेर अरु सबै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

उनले आफू मन्त्री भएलगत्तै तलबको ५० प्रतिशत रकम मुटु रोगीहरुको उपचारका लागि शहिद गंगागाल हृदय रोग केन्द्रलाई दिँदै आएका थिए ।

अब सो रकम पनि भूकम्प पीडितहरुका लागि दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने खड्काले घोषणा गरेका छन् ।

Narayan-Khadka

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment