२२ वैशाख, काठमाडौं । महाभूकम्पका कारण चर्किएका गगनचुम्बी अपार्टमेन्टहरु चर्किएपछि त्यहाँ बसोबास गर्दै आएका अधिकांशको विचल्ली भएको छ ।
अपार्टमेन्टलाई आरामदायी र सुरक्षित बसाइ मानिन्थ्यो । तर, वैशाख १२ गते आएको विनाशकारी भूकम्पले अपार्टमेन्टहरुमा समेत ठूलो क्षति पुगेको छ । अपार्टमेन्टका अधिकांश परिवार आफन्त कहाँ शरण लिन वा पालमूनी बस्न बाध्य छन् ।
महाभूकम्पले चर्किएका अपार्टमेन्टहरु बस्नका लागि कति योग्य र कति अयोग्य छन् ? भन्नेबारे सरकारले बुधबारदेखि अनुगमन थालेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको विज्ञ टोलीले मंगलबार उपत्यकाभित्र रहेका ७० अर्पाटमेन्टमध्ये १५ वटाको प्रारम्भीक निरिक्षण गरेको छ । अपार्टमेन्टहरुको क्षति बुझ्न विभागका वरिष्ठ इञ्जिनियर सागर जोशीको नेतृत्वमा ६ जनाको विज्ञ टोली खटिएको थियो ।
अनुगमनका क्रममा धापासीको पार्क होराइजन अपार्टमेन्ट सबैभन्दा बढी क्षतिग्रस्त पाइएको छ । टोलीले अपार्टमेन्टमा बस्न नमिल्ने भन्दै सूचक ‘रेड स्टिकर’ टाँसेको छ ।
सरकारी टोलीले रातो स्टिकर टाँसेपछि अपार्टमेन्टमा बसेका सबै बाहिर निस्किएका छन् ।

हात्तिवनस्थित सिटी स्केच, धुम्बाराहीको ग्राण्ड, धापासीको ग्राण्ड लगायतका अर्पाटमेन्टमा पनि गाह्रो भत्किएको, केही भागमा चिरा परेको जस्ता समस्या देखिएको भन्दै टोलीले पँहेलो स्टिकर’ टाँसेको छ । पहेँलो स्टिकर टास गरिएका अर्पाटमेन्टलाई अझ विस्तृतमा अध्ययन गरी त्यसका आधारमा मर्मत गर्नु पर्ने भन्दै विज्ञहरूले त्यहाँ पनि तत्काल नबस्न सुझाव दिएको छ ।
निरीक्षण गरिएका १५ मध्ये ४ वटा अर्पाटमेन्टलाई सरकारी टोलीले बस्न योग्य भन्दै ‘ग्रिन स्टिकर’ टाँसेको छ । सुधिर बस्नेतको धापासीस्थित ओरियन्टल अर्पाटमेन्ट, इन्द्रेणी भाटभटेनी, भाटभटेनी अर्पाटमेन्ट र लाजिम्पाटस्थित इएसिएच टावर बस्नयोग्यको सूचीमा परेका हुन् ।
अनुगमनका क्रममा धापासीको पार्क होराइजन अपार्टमेन्ट सबैभन्दा बढी क्षतिग्रस्त पाइएको छ । टोलीले अपार्टमेन्टमा बस्न नमिल्ने भन्दै सूचक ‘रेड स्टिकर’ टाँसेको छ ।
टोलीले हात्तिवनस्थित सिटी स्केच, धुम्बाराहीको ग्राण्ड, धापासीको ग्राण्ड लगायतका अर्पाटमेन्टलाई सरकारी टोलीले ‘पहेँलो स्टिकर’ टाँसेको छ । पहेँलो स्टिकर टाँसिएका अर्पाटमेन्टहरुमा गाह्रो भत्किएको, केही भागमा चिरा परेको जस्ता समस्या देखिएकाले विस्तृत अध्ययन गरी मर्मत गरेपछि मात्र बस्न सकिने भवन निर्माण विभागको निष्कर्ष छ ।
सरकारी टोलीले १० तलाभन्दा बढीका अपार्टमेन्टहरमा तत्काल नबस्न समेत सुझाव दिएका छन् ।
काठमाडौं उपत्यकामा ७१ वटा अपार्टमेन्ट कम्पनीले निर्माणको स्वीकृति लिएपनि निर्माण सम्पन्न भएकामध्ये ३० भवनमा मानिस बसिसकेको विभागको तथ्याङ्क छ ।





तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर
प्रतिक्रिया 4