+
+
Shares

ग्लोबल आईएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक

यो योजनामा ग्राहकले न्यूनतम् ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १६:०२

१२ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले लक्ष्य निर्धारण गरी रकम बचत गर्न सकिने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ ।

बैैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

यो योजनामा ग्राहकले न्यूनतम् ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक रकम निर्धारण गरी बचत अवधि न्यूनतम् ६ महिनादेखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैंले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै, ग्राहक आफूले इच्छाइएको रकम समेत गोल बेस्ड सेभिङमा टप अप गर्न सक्नेछन् ।

योजनामा राउन्ड अप सेभिङ सुविधा पनि रहेको बैंकले जनाएको छ । राउन्ड अप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।

यस राउन्ड अप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन् । यो सुविधा ग्राहकले आफनो आवश्यकता अनुरूप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् । साथै, विकल्प पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन् ।

नियरेस्ट टु छनोट गर्दा कति नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणका लागि २ सय २४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

फ्ल्याट रकम विकल्पमा छनोट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै, १ सय रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १ सय रुपैयाँ उक्त निर्धारित लक्ष्य योजनामा बचत हुनेछ । जस्तै, १० प्रतिशत छनोट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।

उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्ने छ । यस योजना अन्तर्गत बचत गर्न बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत सिधै बचत गर्न सक्नेछन् ।

योजनामा आबद्ध ग्राहकले निर्धारित समयअघि यस खाता बन्द गर्नसमेत सक्ने बैंकले जनाएको छ । साथै, योजनाको सम्पूर्ण प्रक्रिया आफैंले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिने छ ।

आफनो गोल बेस्ड सेभिङको सम्पूर्ण कारोबार विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत हेर्न सक्ने सुविधा समेत छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेस्ट बैंकका रूपमा सम्मानित बैंक हो ।

ग्लोबल आइएमई बैंकले हाल ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटीएम, १ सय ५५ शाखारहित, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी केन्द्रबाट सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?