+
+
Shares

नेपोकिड्सको ‘एन्थम सङ’को कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपोकिड्सको 'मनी' गीतले पैसा, गरिबी र सामाजिक असमानताबारे व्यंग्यात्मक टिप्पणी गरेको छ।
  • 'मनी' गीत सन् १९६६ को क्याबरे नाटकमा पहिलो पटक प्रयोग गरिएको थियो जुन एलेन कमिङले बनाएका थिए।
  • यो गीतले धनी र गरिबबीचको फरक देखाउँदै सामाजिक परिवर्तन र आर्थिक संकटलाई उजागर गरेको छ।

भदौको मध्य सातातिर नेपाली डिजिटल स्पेसमा एउटा गीत राम्रै घन्कियो । अर्को अर्थले भन्दा नेपोकिड्सको यो ‘एन्थम सङ’ जस्तो नै बन्यो । अहिले झोले ट्रेन्डमा पनि यो गीत उस्तै प्रयोग भइरहेको देखिन्छ । गीत हो– मनी ।

यो गीत क्याबरे नामक गीति नाटकमा सबैभन्दा पहिले प्रयोग गरिएको थियो । सन् १९६६ मा बनाइएको यो नाटकमा अन्य धेरै गीतहरू पनि प्रयोग गरिएका थिए । नाटक प्रसिद्ध स्कटिश अभिनेता, गायक र निर्देशक एलेन कमिङले बनाएको हुँदा यो गीत उनकै हो भनिन्छ । तर उनीबाहेक अन्य कलाकारहरूले यो गीत गाएका छन् ।

यो गीतले पैसाको शक्तिलाई व्यंग्यात्मक तरिकाले चित्रण गरेको छ । नेपोकिड्सको भिडियोमा भने गीतको एउटा भाग मात्र प्रयोग गरिएको छ । जहाँ ‘मनी’ शब्दलाई ३० पटक दोहोर्‍याइएको छ ।

त्यसपछि तलको शब्द गाइएको छ;

इफ् यू ह्याभेन्ट एनी कोल इन द स्टोभ
एन्ड यू फ्रिज इन द विन्टर
एन्ड यू कर्स अन द विन्ड
एट योर फेट
वेन यू ह्याभेन्ट एनी सूज
अन योर फिट
एन्ड योर कोट्स थिन् एज पेपर
एन्ड यू लूक थर्टी पाउन्ड्स
अन्डरवेट
वेन यू गो टू गेट अ वर्ड अफ एडभाइस
फ्रम द फ्याट लिटिल पास्टर
ही विल टेल यू टू लभ एभरमोर
बट वेन हङ्गर कम्स अ र्याप,
र्‍याट-अ-ट्याट, र्‍याट-अ-ट्याट एट द विन्डो…

अर्थात् यो अनुच्छेद पैसा र गरिबी बीचको फरक र धनीहरूको पाखण्डीपन माथि केन्द्रित छ । यी शब्दहरूले गरिबीमा बाँचेका मानिसहरूको पीडालाई देखाएको छ । जब उनीहरूसँग जाडोमा ताप्न कोइला हुँदैन, खुट्टामा जुत्ता हुँदैन, शरीर पातलो हुन्छ, तब उनीहरूले आफ्नो भाग्यलाई सराप्छन् ।

तर, जब उनीहरू सल्लाह लिन एक धनी पादरी (इसाइ धर्मवालम्बीका पुजारी) कहाँ जान्छन्, तब उनले उनीहरूलाई ‘सधैँ प्रेम गर’ भन्ने खालको मात्र उपदेश दिन्छन् । यसले धनी र प्रभावशाली मानिसहरूले गरिबहरूको वास्तविक पीडालाई बुझ्दैनन्, बरु सतही र खोक्रा सल्लाह दिने गर्छन् भन्ने व्यङ्ग्य गर्छ।

यसरी ‘मनी’ नामक गीतको यो अंशले पैसा, गरिबी र सामाजिक असमानताबारे सशक्त टिप्पणी गरेको छ ।

मुख्य नाटक भने आर्थिक संकट तथा सामाजिक परिवर्तनबारे छ । जसले गर्दा पनि यो गीत नेपोकिड्सको भिडियोहरूमा प्रयोग गरिएको अनुमान गर्न सकिन्छ ।

यो नाटक जो बेडेनहाइमको उपन्यास ‘गुड बाइ टू बर्लिन’मा आधारित थियो । त्यसो भएर नाटकमा १९२०-३० को बर्लिनको क्याबारे संस्कृति, नाजी उदय र व्यक्तिगत संघर्षलाई देखाइएको थियो । जुन अहिलेको समाजसँग मिल्न जान्छ ।

समग्रतामाभन्दा नेपोकिड्स अर्थात् धनी र गरिबबीचको फरक देखाउन यो उत्तम सिर्जना भयो । ‘मनी’ बाहेक यो ट्रेन्डमा बलिदान गीत पनि उल्लेख्य मात्रामा प्रयोग भएको पाइन्छ । जसमा भनिएको छ–

गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन

यसरी असमानाताको कुराहरू गीतमा आउँदा ती नेपोकिड्सको ‘एन्थम सङ’ जस्तै बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?