Comments Add Comment

संजय र सलमानको केशमा बलिउडले गरिबी र पीडितको ख्याल गरेन

sanjaya-and-salman
नाटकको पहिलो अंश १६, मे २०१३

बलिउडका एक वरिष्ठ नायक जेल जान्छन् । पुरा बलिउड परिवार एकजुट भएर उनको समर्थनमा बयान दिन्छन् ।

दोस्रो अंश ६, मे २०१५

बलिउडका अर्का नायकलाई अदालतले जेल सजाय सुनाउँछ । एक पटक फेरि बलिउड एकसाथ उसको गुणगान गाउँदै राम्रो मान्छे हो भन्दै भक्तिगाथा गाउँछ ।

दुवै  अपराधिक मामला हो । केवल नायक फरक हुन् । पहिलो अंशमा सञ्जय दत्त र दोस्रोमा उनका असल मित्र सलमान खान छन् ।

सञ्जय दत्तलाई मुम्बईमा भएको सिलसिलेवर बम धमाकामा आम्र्स एक्टले दोषी ठहर गरेको थियो र जेल पठाएको थियो । दोस्रो अंश सलमान खानलाई ‘हिट एण्ड रन’ मामलामा जेल सजाय भयो ।

दुवै मामलाका वारेमा आम नागरिक जानकार छन् । मर्नेवाला परिवारको भविष्य उजाड भएको छ । तर, मानवता र नैतिकताको मुद्धामा चलचित्र बनाउने वाला चलचित्र उद्योगका मान्छे पीडितका वारेमा कत्ती पनि सोच्दैनन् ।

अरु त अरु गायक अभिजितले ट्वीटरमा सलामानलाई सजाय सुनाउने बित्तिकै आपत्तीजनक टिप्पणी गरे ।
यो बलिउडको दुनियाँ अजिब छ । एकतर्फ यहाँ जर्बजस्ती प्रतिस्पर्धा हुन्छ । दोस्रो तर्फ बाहिरी दुनियाँको बिरुद्ध जर्बजस्ती एकजुट हुने चलन छ । यस उद्योगका हरेक सदस्य समस्या पर्दा एकअर्काको बचाउँ गर्न हरेक खालका प्रयाश गर्छन ।

बाहिरवाट हेर्दा यो दुनियाँ जति रंगिन देखिन्छ, भित्र उत्तिकै खोक्रो छ । यहाँ एकअर्काको खराबपक्षवाट कोही पनि बच्न सक्दैनन् ।
मैले यो दुनियाँलाई निकै नजिकवाट हेरेको छु । यीनका साथ पार्टीमा गएको छु । गाना, बजाना, डान्स सब गरेको छु ।
नायकको अहंम यति कमजोर छ । कुनै सानो हाँसो मजाकको कुराले उनीहरु झगडा गर्छन् र महिनौं बोलचाल बन्द गर्छन् । । यहाँ पैसा बोल्छ । यो सपना बनाउने, टुक्रयाउने एउटा फ्याक्टि्र हो । आखिर के कारण हुन्छ बलिउड बाहिरको बिरुद्ध यती मजबुत एकता ?

तीन खान बाहेक सञ्जय दत्त, ऋतिक रोशन र अन्य केही स्टारको काममा टिकेको छ यो उद्योग ।
एक पटक मलाई एकजना निर्देशकले भनेका थिए ‘कुनै चलचित्रमा सलमान खानले साईन गरिदिए भने चलचित्र असफल भएपनि निर्माता/निर्देशकलाई आर्थिक घाटा हुँदैन ।’

यीनै स्टारहरुको नाममा बलिउड नगरिका केही कलाकार, निर्देशक, निर्माता र  अन्य केहीको परिवारको भविष्य जोडिएको छ । त्यसकारण दुई वर्ष पहिला सञ्जय दत्त जेल जान लाग्दा सारा बलिउडका मान्छेहरुले उनको समर्थनमा बोलेका थिए । यसमा सलमान पनि सहभागी थिए ।

लोकप्रियता
दोस्रो कारण शायद यो पनि हो । सलमान र सञ्जय चलचित्र उद्योगमा काफी लोकप्रिय छन् । बाहिरी दुनियाँका लागि ‘ब्याड ब्वाई’ हुन् । तर, बलिउडमा यो सबैले भन्ने गरेका छन्, उनीहरु दिलदार छन् । होस भन्दा धेरै जोशमा काम गर्छन् ।

कोही आफ्नो दुख देखाउँदै उनीहरुसम्म पुगे भने सहयोग पनि पाउँछन् । तेस्रो कारण यो पनि हुन सक्छ ,बलिउड गुटमा संलग्न छ । त्यसकारण समस्या पर्दा एक अर्कालाई साथ दिन्छन् । ‘क्याम्प फलोइङ’ बलिउडको महत्वपूर्ण पक्ष हो । एक पटक चलचित्र रिलिजको पार्टीमा मैले सञ्जय दत्तको छोटो अन्तर्वार्ता लिन धेरै प्रयाश गरें तर, सकिन ।

गरिबीको ख्याल
मेरो नजर अचानक सुनिल शेट्ठीमा पर्‍यो । उनी मेरा साथी पनि हुन् । मलाइ थाह थियो,सञ्जय र सुनिलविच गहिरो मित्रता छ । उनीहरु साथी-साथी पनि हुन्  । मैले सुनिलसंँग भनेँ ‘कुराकानीका लागि तपाँई सञ्जयसँग कुरा गरिदिनुहोस् । १ मिनेटमा मेरो काम सकिन्छ ।’

तर, बलिउडमा नकामी, गरिबी र बेरोजगारी तीन गन्धे शब्द छ । कुनै कुनै समयमा प्रायः नायकहरु यी तीनै शब्दसँगै गुज्रन्छन् । यी तीन शब्दले उनीहरुलाई भयभित बनाउँछ पनि ।

शायद यही कारण उनीहरुले सलमान खान र सञ्जय दत्तको केसमा पीडितको गरिबीलाई ख्याल गरेनन् ।

जुबैर अहमद, बीबीसी हिन्दीवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment