Comments Add Comment

वर्षौंदेखि सुकेका ढुंगेधारामा पानी आउन थाल्यो

२६ वैशाख, काठमाडौ । विनाशकारी भूकम्पछि काठमाडौमा केही ढुंगेधारामा प्रशस्त पानी आउन थालेको छ ।
मातातीर्थको धारा, काठमाडौ मरुको मरुहिटी, शेषनारायणको धारा कुण्ड र पशुपति क्षेत्रको वन विनायकमा रहेका ढुंगेधारामा साविक अनुसार पानी आइरहेको गोरखापत्रमा खबर छ । यी धारामा केही वर्षदेखि पानी आउन छाडेको थियो ।

ठहिँटीका अमृतमान मानन्धरले मरुहिटीमा आएको पानीले आफू आश्चार्यमा परेको बताए । पानी आएका यी ढुंगेधारालाई स्थानीयवासीले कसरी सधैंका लागि संरक्षण गर्ने भनेर चिन्ता प्रकट गरिरहेका छन् ।

भूगर्भविद डा.विशालनाथ उप्रेतीका अनुसार भूकम्पका बेला कतै आएका पानी पानी सुक्ने र कतै सुकेका पानी फुक्ने हुन्छ । पानीको स्रोत छेवैमा घर बनेर पानी रोकिएको स्थानमा भूकम्पको हलचलले आफ्नो स्थान बनाएर पानी साविकअनुसार बहनु स्वभाविक रहेको डा. उप्रेती बताउँछन् ।

उनले आएका पानीका स्रोतलाई सवै मिलेर संरक्षण गर्न पनि आवश्यक रहेको बताए ।

भक्तपुरमा भने हनुमन्ते खोलामा महाभूकम्पका दिन एक्कासी बाढी आएपछि अहिले त्यो जलप्रवाह रोकिएको संस्कृतिकर्मी ओमप्रकाश धौवडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment