Comments Add Comment

सातवर्षकी बालिकाले भाइबहिनी बचाइन्

Nuwakot Earth queck 1 (4)

२७ वैशाख, काठमाडौ । चार छोराछोरीलाई घरमा छाडेर कालिका-९ सिन्धुपाल्चोककी सम्झना पहारी घाँस काट्न गएकी थिइन् । वैशाख १२ गते भूकम्प आउँदा उनले चालै पाइनन् ।

आफूसँगै घाँस काटिरहेकी माइली देउरानी अन्जु पहारीले ‘भुइँचालो आयो’ भनेर चिच्याएपछि मात्रै झसंग भइन् । अडिनै नसक्ने गरी जमिन हल्लिन थाल्यो, हत्तपत्त रुख समातेर बसिन् ।

आफू त जोगिइन् तर घरमा केटाकेटीलाई के भयो भनेर उनको मन आत्तियो । श्रीमान पनि गाउँको मिलमा काम गर्थे, घरमा थिएनन् । भुइँचालो नरोकिँदै हस्याङफस्याङ घरतिर दौडिइन् ।

घर भत्किसेको थियो । दुई छोरा र दुई छोरी छाडेर गएकी उनी आत्तिइन् । एकछिन त होसहवास नै उड्यो । घरभित्र भएका अन्न, कुखुरा सवै पुरिए । धन्न भत्किएको घरभन्दा केही पर तीन केटाकेटी देखिए । उनको मन केही शान्त भयो तर एक छोरा अझै देखिएन । अत्तालिएर उनले घरको भग्नावशेषमा खोज्न थालिन्, सम्भव नै भएन, नागरिक दैनिकमा खबर छ ।

घाँस काट्न जानुअघि उनले ७ वर्षकी ठूली छोरी सुजिता, ६ वर्षका सुजन, चार वर्षका सुदिप र एक वर्षकी सुनिता पहारीलाई छाडेर गएकी थिइन् । ठूली छोरी सुजिताले दुई जनालाई काखमा च्यापेर बाहिरिएपछि बाँच्न सफल भए भने चार वर्षका सुदीप बाहिर भाग्न नमान्दा घरमै पुरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment