Comments Add Comment

‘म चलचित्रका लागि जन्मिएको हुँ, अरु समय मेरो आफ्नो हो’ : आर्यन सिग्देल

aaryan-sigdel
निर्माता सुवास गिरीले केही दिन भूकम्प प्रभावितका लागि राहत वितरणका लागि एकसाथ लैजादा मात्र पुगेका नेपाली चलचित्रका अहिलेका चल्तीका नायक आर्यन सिग्देल अन्य समयम मौन छन् ।

चलचित्र क्षेत्रका धेरै चलचित्रकर्मी आ-आफ्नै तर्फबाट राहत र पूनस्थापनाका लागि लाग्दै गर्दा आर्यनमा मौनता देखिएको छ । नायिका नम्रता श्रेष्ठले यस्तो समयमा देखाएको क्रियाशिलतालाई आर्यन प्रशंसा पनि गर्छन् । तर, उनी समाजबाट आखिर किन सधै नै दुरी बनाउन चाहन्छन् त ?

अरु समयमा पनि आर्यन समाज र चलचित्रसँग त्यती धेरै भिज्दैनन् । सिमित साथीहरुसँग समय बिताउनु र रमाउनुको आर्यनको दिनचर्या हो । उनी फराकिलो सम्बन्ध खोज्दैनन् । नायक सिग्देल भन्छन्-‘म चलचित्र खेल्नका लागि जन्मिएको हुँ ।

कसैले मलाई चलचित्रप्रति गम्भिर छैन भन्छ भने त्यसले मलाई वुझेको छैन । मेरो रगतमा चलचित्र छ । चलचित्र र आफ्नो भूमिका लागि म दिनरात भन्दिन ।’

आर्यनको वुझाइमा उनी चलचित्रका लागि नै जन्मिएका हुन् । अरु समयमा उनले आफूलाई देशको नायक भन्ने नै विर्सन्छन् । आर्यन आफ्नो स्टारडम कहाँ देखाउने र कहाँ लुकाउने भन्ने नै विर्सन्छन् ।

मान्छेको भिडभाड हुने सडकको कुनै किनारामा एक्लै बस्नु, भिडभाड भन्दा टाढा रहन रुचाउनु आर्यनको बानी छ । उसो त यस्तै बानीले आर्यनको स्टारडमलाई असर पुर्‍याएको छ भन्ने चलचित्रकर्मी पनि छन् ।

तर, आर्यन चलचित्र भन्दा बाहिर आएपछि आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न पाउनुपर्छ भन्छन् । एउटा स्टार भएपछि यस्ता कुरामा संझौता गर्न जरुरी छ । तर, आर्यन यो कुरा मान्न तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment