Comments Add Comment

भूकम्प आउँदा भागेका कैदीलाई एक हप्ते अल्टिमेटम

jail

४ जेठ, चौतारा । जिल्ला कारागार सिन्धुपाल्चोकले महाभूकम्पमा ज्यान जोगाउन भागेका कैदीबन्दीलाई साताभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

आइतवार सार्वजनिक सूचना जारी गर्दै कारागार प्रशासनले तोकिएको समयभित्र नआए सुरक्षाकर्मी परिचालन गरेर पक्रने र भागेबापत छुट्टै मुद्दा चलाएर थप कैद सजायँ गर्ने चेतावनी दिएको नागरिक दैनिकमा खबर छ ।

बैशाख १२ गते भूकम्पका दिन सिन्धुपाल्चोक कारागारबाट २ सय १६ जना कैदीबन्दी भागेका थिए ।

भागेकामध्ये २५ कैदीबन्दी कारागार प्रशासनको सम्पर्कमा छन् । एक सय ४८ कैदीबन्दी सम्पर्कबाहिर रहेको जेलर ओमप्रकाश सुवेदीले बताए ।

तोकिएको समयभित्र पनि सम्पर्कमा नआए भागेको मानी सुरक्षाकर्मी परिचालन गरे पक्राउ गरी मुद्दा चलाउने सुवेदीले बताए । मुलुकका जुनसुकै प्रहरी एकाइ, स्थानीय प्रशासन र कारागारमा सम्पर्क गर्न सकिने कारागार प्रशासनले जनाएको छ ।

नवनिर्मित कारागार भवनको पूर्वतिरको बाहिरी कम्पाउण्ड, त्यहीँभित्रको भित्री पर्खाल र कैदीबन्दी राख्ने भवनको गारोसमेत ढलेपछि उनीहरु एकैसाथ भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment