Comments Add Comment

प्रधानमन्त्री राहत कोषमा दुई अर्ब बढी जुट्यो

४ जेठ काठमाडौँ । भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब ७१ करोड ४१ लाख छ हजार १ सय ५१ रूपैयाँ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो ।

आज उक्त कोषमा आठ करोड ६२ लाख ९७ हजार ४ सय ४ रूपैयाँ दाखिला भएको छ । कोषमा विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment