Comments Add Comment

मकवानपुरमा बस र ट्रक ठोक्किँदा मृतकको संख्या ९ पुग्यो

४ जेठ, हेटौडा । मकवानपुरको मनहरीमा सोमबार अपरान्ह बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतकमध्ये २ जनाको सनाखत भएको छ ।

Makawanpur-Map-finalमृतकमध्ये देवचुली नगरपालिका नवलपरासीका २७ वर्षीय निशल गुरुङ र चितवन वीरेन्द्रनगर २ का अन्दाजी ५० वर्षीय योखा गुरुङको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

हेटौडाबाट नारायणगढ जाँदै गरेको ना ४ ख ५७६५ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ५ ख ३६९७ नम्बरको बस अपरान्ह पौने ४ बजेतिर मनहरी ३ रमनटारमा ठोक्किएका थिए ।

दुर्घटनामा ५ पुरुष र ४ महिलाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर र मकवानपुरको हेटौडा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment