Comments Add Comment

भूकम्पमा कारागार भत्किँदा भागेका २ जना पक्राऊ

१० जेठ, काठमाडौं । भूकम्पबाट सिन्धुपाल्चोक कारागार भत्किएपछि भागेका दुई कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका सिन्धुलीका पुष्पराज श्रेष्ठ र हगाम ५ सिन्धुपाल्चोकका सगुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनीहरुलाई कारागार कार्यालय सिन्धुपाल्चोक पठाउने काम जारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सगुन श्रेष्ठ अपहरण तथा गुण्डागर्दी लगायतका काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उनलाई ललितपुरको ईमाडोलबाट पक्राउ गरी सिन्धुपाल्चोक पठाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment