Comments Add Comment

जेल भत्किएपछि कैदीलाई टेण्टमा थुनियो

१० जेठ, काठमाडौं । काँडेतारले बेरिएको ठूलो पर्खालभित्र कडा सुरक्षा पहरामा बस्नुपर्ने कैदीबन्दी रामेछापको कारागार भवनमा असुरक्षित भएपछि पाल टाँगेर राखिएको छ ।

भूकम्पको कारण कैदीवन्दीहरुको असुरक्षा मात्र हैन बिचल्ली नै भएको छ । चार दिवार भित्र थुनिएका बन्दीहरु भूकम्प गएपछि ४ दिनसम्म खुल्ला चौरमा बसे । अहिले पुन: उनीहरुलाई चौघेराभित्र त्रिपाल टाँगेर राखिएको छ ।

Ramechap-3

गएको बैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पको कारण रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको कारागार भत्किएको छ ।

कारागारको भवन भत्किएपछि वन्दीहरुको बिचल्ली भएको छ ।

बैशाख १२ र १३ गते आएको भूकम्पको कारण क्षति पुगेको कारागारको भवन २९ गते आएको परकम्पको कारण पूर्णरुपमा भत्किएको छ । कारागारमा रहेको बन्दी कक्षको भवन पुरै ढलेपछि ढलेको भवनका ढुङ्गा माटो हटाएर अहिले सोही स्थानमा टेन्ट गाडेर राखिएको छ । कारागार अहिले शरणार्थी शिविर जस्तै भएको छ ।

२ सय ५० भन्दा बढी कैदीवन्दी रहेको कारागरमा भवन भत्किएपछि निक्कै समस्या भएको कारागारका जेलर उद्धव वराल बताउँछन् । भवन भत्किएपछि वन्दिहरुलाई ४ दिनसम्म खुल्ला चौरमा सुरक्षा घेरा दिएर राखिएको जेलर बरालले बताए ।

“भवन पुरै भत्किए, बन्दीहरु रुवावासी गर्न लागे, हामीलाई छाडिदेउ भन्छन् । हात जोडेर भत्किएको भवन सफा गर्न लगाएर अहिले टेन्टभित्र राखेका छौँ”-बरालले भने । कारागारको भवन पूर्णरुपमा भत्किएको छ भने सुरक्षाकर्मीको आवास र प्रशासनिक भवन समेत चर्किएको छ ।

त्यस्तै कारागारको कम्पाउण्ड वाल पनि चर्किएको छ । राज्यले आफूहरुलाई सुरक्षित आवासको व्यवस्था गर्न नसकेपछि हाजिर हुने गरी छाडिदिनुपर्ने वन्दीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment