Comments Add Comment

त्रासबाट बाहिर ल्याउन दिमाग व्यवस्थापन तालिम

mind management 1

१० जेठ, काठमाडौं । भूृकम्पका पराकम्पनहरु आइरहेका बेला त्यसबाट मान्छेका मनमा पसेका त्रास हटाउने उपायको खोजी हुन थालेको छ ।

विशेष गरी बालवालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने भएकाले तत्काल भूकम्प प्रभावित क्षेत्रका वालवालिका र अन्य जनतालाई मनोसामाजिक परामर्शको अभियान शुरु भएको छ ।

mind management

शिक्षकहरुलाई तालिम चलिरहेका बेला सेरोप्टिमिष्ट काठमाडौंले पनि सामाजिक कार्यकर्ता र विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएर प्रशिक्षकका रुपमा प्रभावित क्षेत्रमा जाने टोली तयार पारेको छ ।

तीन दिनसम्म चलाइएको मनोसामाजिक परामर्श सम्बन्धी तालिममा त्रासबाट बाहिरिने उपायका साथै ट्रमा हिलिङ र मेडिटेसनहरुको बारेमा प्रशिक्षण दिइएको सेरोप्टिमिष्ट काठमाडौंकी महासचिव दीपा खकुरेलले बताइन् ।

बिभिन्न सामाजिक संस्थामा आबद्ध ४५ जना प्रशिक्षार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र मनो चिकित्सकहरुले तालिम दिएका थिए । इण्डोनेसियाकी विज्ञ साउसान सोफ्यानले पनि हिलिङको तालिम दिएको खकुरेलले जानकारी दिइन् ।

प्रशिक्षण लिएका सामाजिक कार्यकर्ताहरु अब बिभिन्न ठाउँमा गएर वालवालिका र सर्वसाधारणलाई सामान्य अवस्थामा फर्काउने र मनो सामाजिक परामर्श दिने काममा खटिनेछन् ।

भूकम्पपछि आफ्नै घरको तलामाथि चढ्न डराउने, काममा रुची नहुने, विद्यार्थीमा पढाइप्रति चाहना नहुने, निराशा र कुण्ठा उत्पन्न हुने जस्ता बिभिन्न समस्या देखिएकाले परामर्श तत्काल आवश्यक देखिएको ज्यास्मिन स्पा तथा क्लबका निर्देशक निरोज लामाले बताए ।

ज्यास्मिनले पनि आफ्ना सदस्यहरुलाई त्रासबाट बाहिर ल्याउदै सहज जीवनमा फर्काउन वल्र्ड ट्रेड सेन्टरको छैटौं तलामा दिमाग व्यवस्थापन सम्बन्धी तालिम दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment