Comments Add Comment

भूकम्प प्रभावित सैनिकलाई राहत प्याकेजको घोषणा

१० जेठ, काठमाडौं । नेपाली सेनाले भूकम्प प्रभावित सैनिकहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ । भूकम्पमा परी मृत्यु भएका सैनिकको परिवारलाई सैनिक कल्याणकारी कोषबाट ३ लाख २५ हजार प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले भएको छ ।

Nepal-Army
उद्धारमा खटिएका नेपाली सेनाका जवानहरू

दुर्घटना बीमा र साधारण बीमाको रकम २ लाख ७५ हजार गरी अधिकृतको परिवारले ६ लाख पाउनेछन् । पदिकको दुर्घटना बीमा र साधारण बीमा २ दाख २५ हजार र अन्य दर्जाको १ लाख ७५ हजार छ ।

भूकम्पमा परी मृत्यु भएका अवकाश प्राप्त सैनिकको परिवारलाई ३ लाख २५ हजार प्रदान गरिने निर्देशनालयले जनाएको छ । भूकम्पमा पूर्ण रुपमा घर भत्किएका बहालवाला र अवकाश प्राप्त सैनिकलाई ५० हजार र आंशिक क्षति भएकालाई २५ हजार राहत दिइने छ ।

यस्तै भूकम्पमा अंगभंग भएका सैनिकलाई अशक्तताका आधारमा १ लाखसम्म राहत दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साथै भूकम्पमा मृत्यु भएका बहालवाला वा अवकाशप्राप्त सैनिकका छोराछोरीलाई विद्यालय अध्ययन गर्न प्रधानसेनापति छात्रवृत्ति तथा बहालवाला सैनिकका छोराछोरीलाई प्लस टुसम्म सैनिक महाविद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था हुनेछ । बहालवाला तथा अवकाश प्राप्त सैनिकको परिवारमा कसैको मृत्यु भएको भए १० हजार दिइनेछ ।

भूकम्पमा घर क्षतिग्रस्त भएका सैनिकलाई भूकम्प प्रतिरोधात्मक घर बनाउन आवश्यक परामर्श दिन टेक्निकल सपोर्ट टिम गठन गरिने छ । साथै भूकम्प प्रभावित सैनिकको परिवारको उपचारका लागि घुम्ती स्वास्थ्य शिविर चलाइने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment