Comments Add Comment

सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उप्रेतीले रातोपुलस्थित आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

BHARAT-RAJ-UPRETIप्रहरीका अनुसार तीन तले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पासो लगाएर उप्रेतीले आत्महत्या गरेका छन् ।

घरमा उप्रेतीका पत्नी र एक सहयोगी पनि थिए । उनीहरुले खबर गरेपछि प्रहरी गएको थियो । कमलपोखरी प्रहरीका इन्स्पेक्टर नारायण रन्जितकारका अनुसार उप्रेतीको सुसाइड नोट पनि भेटिएको छ ।

परिवारका सदस्यहरुलाई सम्बोधन गरिएको सुसाइड नोटमा आफ्नो अन्त्येष्टि बाग्मतीमा नगर्न र शव शिक्षण अस्पतालका विद्यार्थीहरुलाई दिन भनेका छन् ।

साथै सुटाइट नोटमा उनले अाफ्नो मृत्युलार्इ स्वेच्छिक भनेका छन् । उप्रेतीले अाफ्नो किरिया खर्चको रकम भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिदिन अाग्रह गरेका छन् ।

हेर्नुहोस् उप्रेतीले लेखेको लेख

नेता र कर्मचारीतन्त्रको सोचाइमा गरिवी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment