Comments Add Comment

सरकार भन्छ- भूकम्पपछि कतै महामारी देखिएन

१२ जेठ, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पपछि महामारी फैलन सक्ने आशंकामा धेरै मानिसले काठमाडौं छाडे । ग्रामिण बस्तीहरुमा धेरै मानवीय तथा भौतिक क्षति भएकाले महामारीको आशंका गरिएको थियो ।

Earthquake Nepal 2015 (10)

तर, अहिलेसम्म महामारी नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयार पारेको ‘भूकम्प पश्चात हुनसक्ने सम्भावित महामारी सम्वन्धी अध्ययन प्रतिवेदनमा अहिलेसम्म महामारी नभएको उल्लेख छ ।

भूकम्प पश्चात हुन सक्ने सम्भावित महामारी अध्ययन अनुसन्धान -रगत, दिसा र्‍याल, पानी, विभिन्न खानेकुरा र लामखुट्टेको टोकाई)बाट अहिलेसम्म कुनै पनि महामारी भएको छैन,’ प्रतिवेदनमा भनिएको छ । साथै भूकम्पले धेरै मानवीय तथा संरचना तहस नहस भएकाले महामारी फैलने आशंका गरिएता पनि त्यस्तो देखिएको छैन ।

साथै पानीको स्रोत प्रदुषित भए पिउने पानी अयोग्य हुने र महामारी फैलने आशंका गरिएको भएपनि त्यस्तो नभएको पाइएको छ ।

तर, अधिकांश पानीको नमुनाहरु पिउन अयोग्य देखिएको छ । २५ प्रतिशत पानी मात्र पिउन योग्य पाइएको छ, जुन भूकम्प भन्दा पहिला पनि रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ ।

तर, धारा, ट्यांकी, ट्यांकर, कुवा र इनारको पानी निर्मलिकरण गरेर वा उमालेर मात्र पिउन योग्य हुने उसले बताएको छ ।

प्रयोगशालाले आफ्नो प्रतिवेदनमा अहिले महामारी नदेखिए पनि वर्षायाममा सावधानी र सुरक्षाका उपायहरु उपनाउन र सम्भावित महामारीबाट जोगिन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment