Comments Add Comment

क्रिकेट वोर्ड गठन प्रस्ताव बदनीयतपूर्ण : खेलकुद मन्त्री

PURUSHOTTAM-PAUDEL,-MINISTE

२० जेठ, काठमाडौं । यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्रिकेट बोर्ड गठनको प्रस्ताव गरेको बदनीयतपूवर्क आएको दाबी गरेका छन् ।

विगतमा नेपाल क्रिकेट संघलाई समर्थन गर्ने खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले जाने बेलामा के के गरे जस्तो देखाउन क्रिकेट बोर्ड गठनको प्रस्ताव गरेको उनको दावी थियो ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले अब नयाँ नेतृत्व पछि क्रिकेट बोर्डको गठन प्रक्रिया अगाडि बढाउने बताए ।

‘खेलकुद परिषद र युवराज लामाले बोर्ड गठन गर्ने होइन । बोर्ड गठन गर्न ऐन बनाउनु र परिवर्तन गर्नु पर्छ । त्यो मन्त्रालयको काम हो’ उनले भने-‘यतिवेला यस्तो कुरा गर्नु लोकपि्रय हुन खोज्नु मात्रै हो । चार वर्षमा उनले नेपाली क्रिकेटलाई बर्बाद गरे कुरा कसैले भुल्नु हुँदैन ।’

क्रिकेट संघमा प्रापोजल समेत लेख्न नसक्ने असक्षम ब्यक्ति रहेको भन्दै अब नियम विधी बनाएर नयाँ बोर्ड गठन गर्ने योजना सुनाए । उनले भने-‘अब नयाँ क्रिकेट बोर्ड र नयाँ खेलकुद विकास प्रतिष्ठान गर्ने योजनामा छौं । सदस्य सचिवको कार्यविधीको कुनै औचित्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment