Comments Add Comment

राजनीतिक सहमतिको प्रभाव : नेप्से सूचक ९६६ अंकमा, ५३ करोड कारोबार

२६ जेठ, काठमाडौं । प्रमुख राजनीतिक दलहरुबीच संविधानका विवादित विषय टुंगो लगाउने १६ बुँदे सहमति भएसँगै सेयर बजारमा ठूलो उछाल आएको छ ।

Stock

कारोबार सुरु भएको एक घन्टामै ३५ अंकले बढेको नेप्से परिसूचक कारोबा बन्द हुँदा २१ अंकले बढेर ९६६.५९ अंकमा पुगेको छ । मंगलबारको कारोबारमा समूहगत सबै परिसूचकहरु उल्लेख्य अंकले बढेका छन् ।

समूहगत सूचकको अवस्था

Nepse

कारोबार सुरू भएको १२ मिनेटमै अर्थात १ बजेर १२ मिनेट जाँदा नेप्सेले सर्किट ब्रेक लगाएको (कारोबार बन्द) थियो । १:२७ देखि फेरी कारोबार सुचारू भएको थियो । पाैने २ बजे ४० अंकसम्म बढेको नेप्से २ बजेदेखि केही करेक्सन भएको हो । दिउसो ३ बजे नेप्से सुचक १९ अंकले मात्रै बढेको थियो भने बजार बन्द हुँदा ४ बजे २१ अंकले बढेको हो ।

मंगलबार १ सय ३८ कम्पनीका १२ लाख कित्ता सेयर ५३ करोड १० लाख रूपैयाँमा किनबेच भयो ।

दलहरुबीच सोमबार मध्यरातमा भएको सहमतिले नयाँ संविधान बन्छ भन्नेमा आम साधारणमा जस्तै सेयर बजारका लगानीकर्तामा पनि विश्वास पैदा भएको संकेतको रुपमा यसलाई लिइएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा नियमितरुपमा दैनिक १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्थ्यो । तर, फाइबर लिंकमा समस्या आएका कारण मंगलबार भने १ बजेदेखि ४ बजेसम्म सेयर कारोबार गर्ने नेप्सेले जनाएको छ ।

गत बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पका कारण सेयर कारोबार एक महिना बन्द भएको थियो । जेठ १० गतेको सुचारु भएको सेयर कारोबारमा लगातार चार दिनमा परिसूचक १०० अंकले घटेको थियो ।

कारोबार सुरु भएको पहिलो साताको अन्तिम दिन भने नेप्से सूचक ४ अंकले बढेको थियो । दोस्रो साताभरमा नेप्से ९० अंकले बढ्यो ।

तेस्रो साताका आइतबार र सोमबार पनि बढेको नेप्से मंगलबार  उच्च अंकले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment