Comments Add Comment

इजी लिंक र लुम्बिनी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

२६ जेठ, काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी इजी लिंक र लुम्बिनी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र लुम्बिनी बैंकका हेड डिपोजीट रिलेशनसीप म्यानेजमेन्ट रितेश लामिछानेले हस्ताक्षर गरेका छन् ।

Eg-linkयो सम्झौतापछि अब विश्वका विभिन्न मुलुकबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम लुम्बिनी बैंकका देशभरी रहेका १८ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज बनाउने जनाकारी दिए ।

इजी लिंकले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने आˆना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीब्र पारेको छ ।

इजी लिंक रेमिट्यान्सले खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्ररुपमा अघि बढिरहेको खनालले जानकारी दिए ।

यो सम्झौत्ाासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment