Comments Add Comment

विदेशमा थप सेवा विस्तार गर्दै प्रभू मनि ट्रान्सफर

२६ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को सबैभन्दा ठुलो मनि एक्सचेन्ज अल अन्सारी एक्सचेन्ज र नेपालको प्रभू मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त संझैतामा अन्सारीका तर्फबाट जीएम रसीध ए अल अन्सारी र प्रभूका तर्फबाट उपाध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् ।

Pravhu moneyसम्झौता अनुसार अन्सारी एक्सचेन्जका यूएईमा रहेका १ सय ५५ वटै शाखाबाट कुनै पनि ठाउँमा प्रभू मनि ट्रान्सफरमार्फत रकम पठाउन सकिने छ । प्रभूको यूएइमा यो १८ औं संजाल हो । यसअघि त्यहाँस्थित १७ वटा रेमिट्यान्स कम्पनिबाट प्रभू मनि ट्रान्सफरले नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।

बैदेशिक रोजगारमा गएका नेपालीहरुमध्ये यूएईमा धेरै नेपाली कार्यरत छन् । यस संझौतापछि त्यहाँ रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स रकम पठाउन अझै सहजीकरण हुने भएको छ । प्रभू मनि ट्रान्सफरबाट नेपालका कुनै पनि जिल्ला र ग्रामिण भेगमा रहेका सहकारीहरु मार्फत पनि रेमिट्यान्स कारोवार हुँदै आएको छ ।

पछिल्लो समय ग्रामिण भेगमा सहकारीहरुले रेमिट्यान्सको काम गर्दै आएका छन् । यो संझौता पछि यूएइमा रहेका नेपालीहरुले अल अन्सारी एक्सचेन्जबाट प्रभू मनि ट्रान्सफर मार्फत विना झन्झट सजिलै रेमिट्यान्स पठाउन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment