+

रोनाल्डोको हृयाट्रिकसँगै पोर्चुगल विजयी

२०७२ जेठ  ३१ गते ९:०७ २०७२ जेठ ३१ गते ९:०७
रोनाल्डोको हृयाट्रिकसँगै पोर्चुगल विजयी

Ronaldo

३१ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा पोर्चुगलले युरो कप छनोट फुटबलमा अर्मेनियालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा पोर्चुगलले अर्मेनियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा अग्रता भने अर्मेनियाले लिएको थियो । १४ औं मिनेटमा अर्मेनियाका लागि पिज्जेलीको गोल गरे ।

तर, २९ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । जसमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले तीन मिनेटभित्र अर्को गोल गर्दै हृयाटि्रक पुरा गरे । यो सिजन उनको नवौं हृयाट्रिक हो । उनले सबै प्रतियोगितामा गरेर ६६ गोल गरेका छन् ।

६२ औं मिनेटमा थिएगोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा उठाउँदै अर्मेनियाले खेलको ७१ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेन र पोर्चुगल ३-२ ले विजयी भयो ।

जितसँगै पोर्चुगल १२ अंकका साथ समूह ईको शीर्ष स्थानमा छ भने ७ अंक जोडेको अर्मेनिया तेस्रो स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय