+
+
Shares

नम्रतालाई लाग्यो चलचित्रको नशा, कस्तो होला उनको ‘विरानो माया’ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते १५:१०

namrata-sapkota
केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै मोडल नम्रता सापकोटाले आफूले छानेर चलचित्र गर्ने बताएकी थिइन् । यो क्षेत्रमा आफू कलाकार बन्न आएको र हातमा चलचित्र नहुँदा पनि दुख नलागेको उनको भनाई थियो । तर, त्यसको केही समय वित्न नपाउँदै उनलाई चलचित्रको नशा लाग्न थालेको छ ।

हालसालै ‘ब्रासलेट’ नामक चलचित्रमा काम गरेकी नम्रता अब ‘विरानो माया’ नामक चलचित्रमा देखिने भएकी छिन् । यो चलचित्रको आज शुभसाइत गरिएको छ । कार्यक्रममा नायिका सापकोटाले आफू यो क्षेत्रमा फर्किएको भन्दै सबैको साथले सफलता पाउने आशा व्यक्त गरिन् ।

श्री मिडिया सर्च एण्ड मुभी मेकरको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा मिलान लामा र सावित्री अधिकारीको लगानी रहनेछ । प्रेमको कथा बोल्ने यो चलचित्रमा सुदुर पुर्वेली भाषालाई प्रयोग गरिने चलचित्रका लेखक तथा निर्देशक माधव खरेलले जानकारी दिएका छन् । काभ्रे, सिन्धुली, जनकपुर, झापाका दृश्य कैद हुने चलचित्रको छायांकन यही साताबाट सुरु हुनेछ ।

चलचित्रमा नायिका नम्रता सापकोटाको साथमा श्रीदेव भट्ट, रोहित रुम्बा, दिपसा वीसी, सुरविर पण्डित, दिनेश डीसी, राजु बजाज लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा जनकराज अधिकारीको छायांकन, रुपेश उप्रेतीको नृत्य, अनिल विरही र सरोज प्याकुरेलको संगीत, प्रल्हाद खरेलको मुख्य सहायक निर्देशन, शंकर महर्जनको एक्नस रहनेछ । चलचित्रका क्रियटिभ तथा कास्टिङ निर्देशक शान्तिप्रिय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?