Comments Add Comment

प्रधानमन्त्री कपमा आज सेमीफाइनलका खेल

१ असार, पोखरा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सेमीफाइनलका खेलहरु हुँदैछन् । सेमीफाइनल खेलहरु पोखरा रङ्गशालामा हुनेछन् । लिग चरणका खेलहरु भने पोखरा र चितवनमा भएका थिए ।

प्रतियोगिता अन्तर्गत आज पहिलो सेमी फाइनल खेलमा सशस्त्र प्रहरी वलको एपीएफ र क्षेत्र नम्बर ९ धनगढी आमने सामने हुनेछन् । एपीएफ समूह ‘ए’ को बिजेता हो भने धनगढी समूह ‘बि’ को उपबिजेता हो ।

त्यस्तै, आजै दिउँसो हुने दोश्रो सेमीफाइनल खेलमा क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर १ विराटनगर प्रतिष्पर्धामा उत्रिदैछन् । जनकपुर समूह ‘बि’ को बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो भने विराटनगर समूह ‘ए’ को उपबिजेता बन्दै सेमीफाइनलमा आइपुगेको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । जारी प्रतियोगिताबाटै महिला राष्ट्रिय टिमका लागि खेलाडी छनौट गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment