Comments Add Comment

क्लिन भिलेज माइक्रो फाइनान्सको अाइपिअो खुल्यो

३ असार, काठमाडौं । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको क्लिन भिलेज माइक्रोफाइनान्सले असार ३ गतेदेखि सय रूपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर  प्राथमिक सेयर निस्कासन सुरू गरेको छ ।

clean vilageसेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने सेयर निस्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

निस्कासित सेयरमध्ये ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारी र ६ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुका लागि छुट्याइएको छ । बाँकी सेयरमा मात्र सर्वसाधारण्ले आवेदन दिन पाउछन् ।

२०६९ चैत्रबाट औपाचारीक कारोबार थालेको यो कम्पनीले विभिन्न १५ जिल्लामा कारोबार गर्दे आएको छ । साधारण सेयर जारीपछि कम्पनीको चुक्ता पुजी चार करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment