Comments Add Comment

बाग्मती र धोविखोला थुनिँदा बिजुलीबजार र शान्तिनगर जलमग्न

Bagmati

४ असार, काठमाडौ । गएरातीको वर्षासँगै काठमाडौको बाग्मती र धोविखोला थुनिँदा शान्तिनगर र विजुली बजार  क्षेत्र केहीबेर जलमग्न भएको छ ।
माइतीघर तीनकुने सडक खण्डको बिजुली बजारस्थित धोविखोला र शान्तिनगरस्थित बागमती पुल साघुरो भएको भन्दै पुलको उत्तर र दक्षिण तर्फ हृयूपपाइप राखेर ‘कज वे’ बनाइएपछि खोला थुनिएको थियो ।

वर्खाको बेलामा हृयूमपाइप थुनिने भएकाले यो संरचना उपयुक्त नहुने सुझाव दिए पनि झारा टार्नका लागि बनाइएको संरचनाले थोरै पानीको सतह बढ्दा पनि समस्या उत्पन्न भएको हो ।

माइतीघर-तीनकुने सडक ६ लेन बनाइएपछि दुई ठाउँमा पुलमा जाम बढी हुने भएपछि दुबै पुलको दुवैतिर हृयूमपाइप राखेर खोला पार गराइएको छ । निर्माणाधिन सडकमा यातायात सञ्चालन भइसकेका छैनन् ।

जलमग्न क्षेत्रमा काठमाडाैं महानगरपालिकाले स्काभेटरको प्रयोग गरेर जमेको पानीलार्इ व्यवस्थापन गरेको छ । अहिले उक्त क्षेत्रको अवस्था सामान्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment