Comments Add Comment

भूकम्प पीडित विद्यार्थीलाई बैंगलोरमा छात्रवृत्ति

Sampurna-College-Banglor

६ असार, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न नेपाल चेम्वर अफ कमर्स र सम्पूर्ण इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड रिसर्च बैंगलोरबीच सम्झौता भएको छ ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रका २५ जना छात्र तथा छात्राहरुलाई इन्जिनियरिङ विषयमा स्नातक तहको प्रथम वर्षमा पूर्ण छात्रवृत्ति प्रदान गरिने तथा दोस्रो वर्षदेखि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी गराए ।

उनले छात्रवृत्तिको कोटा बढाउन र इन्जिनिररिङ बाहेक व्यवस्थापन विषयमा समेत छात्रवृत्ति उपलव्ध गराउने विषयमा संस्थासँग छलफल भइरहेको बताए । विद्यार्थी छनौट प्रक्रियाका लागि चेम्वरले विशेष कार्यविधी अपनाउने उनको भनाई छ ।

सम्पूर्ण इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड रिसर्च बैंगलोरका अध्यक्ष डा. विएसएम नायडुले चेम्वरमार्फत नेपालका भूकम्प पीडितहरुलाई सहयोग पुर्‍याउन पाएको खुशी व्यक्त गरे । त्यस्तै, संस्थाका उपाध्यक्ष तथा पि्रन्सिपल सम्पूर्ण नायडुले कलेजले हासिल गरेको उपलव्धीका बारेमा चर्चा गरे ।

चेम्वरले राहत वितरण कार्यपश्चात भूकम्प प्रभावित क्षेत्रका जनताहरुलाई कसरी सहयोग गर्न सकिन्छ ? अध्ययनमा जुटिरहेको अध्यक्ष श्रेेष्ठले जानकारी दिए । भूकम्प प्रभावितहरुका लागि रोजगारीका अवसर जुटाउने सम्बन्धमा पनि चेम्वरले आवश्यक गृहकार्य गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment