0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कृत्रिम गर्भाधानको व्यवस्थाले पशुपालक कृषक खुसी

९ असार, चितवन । पशु व्यवसायमा राम्रो उन्नति गर्न पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएपछि चितवनका पशुपालक कृषकहरु खुसी भएका छन् । पशुको कृत्रिम गर्भाधान सेवालाई गाउँ-गाउँसम्म पुर्‍याइएपछि किसान लाभान्वित बनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ९ गते ११:१५

राजेन्द्र आचार्य
९ असार, चितवन । पशु व्यवसायमा राम्रो उन्नति गर्न पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएपछि चितवनका पशुपालक कृषकहरु खुसी भएका छन् । पशुको कृत्रिम गर्भाधान सेवालाई गाउँ-गाउँसम्म पुर्‍याइएपछि किसान लाभान्वित बनेका हुन् ।
EI
आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ ।

पशुपालनको पकेट क्षेत्रको रुपमा परिचित चितवन जिल्लामा पशु सेवा कार्यालयले राष्ट्रिय नश्व सुधार कार्यक्रम नै पारि कृत्रिम गर्भधान गरेपछि पशुपालक किसानहरु बढेको पशुपालक कृषक महासंघका अध्यक्ष आनन्द न्यूरेले बताए । विगत वर्षमा भन्दा यो वर्ष कृत्रिम गर्भधान गर्नेको सख्या वृद्धि भएको पशु सेवा कार्यालयको तथ्यांकले देखाएको छ ।

वि.सं. २०६५ सालबाट लमजुङमा सुरु गरिएको पशु गर्भाधान कार्यक्रमअन्तगत पहिलो वर्ष ११ हजार ८ सय ६ वटा पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।

त्यसैगरी दोस्रो वर्ष ०६६ सालमा त्यो सख्या बढेर १६ हजार १ सय ८१ पुगेको थियो भने ०६६र ६७ मा २० हजार ६ सय ६३ थियो ।

०६७ र ०६८ मा २६ हजार १ सय ६०, ०६९ र ७० मा ३२ हजार ४ सय ८३ हुदै ०७० र ०७१ म्ाा ४१ हजार ५ सय ३९ पशुमा कृत्रिम गर्भधान गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा.रामकुमार कार्कीले जानकारी दिए ।

चालु आर्थिक वर्षको ११ महिनामा ३९ हजार २ सय १५ पशुलाई कृत्रिम गर्भाधान गरिएको छ ।

पशु कार्यालयले स्थानीय जातका गाईमा कृत्रिम गर्भाधान गराउन थालेपछि जिल्लामा गाईपालक किसान पनि बढ्न थालेको बताइएको छ । कृत्रिम गर्भधान गर्दा स्थानीय गाईमा दूध बढ्ने र गाईले जन्माएको बाच्छा-बाच्छी उन्नत जातका हुने, थोरै विर्यबाट धेरै गाईलाई प्रजनन गराउन सकिने, बहरबाट लाग्ने र सरुवा रोगबाट बच्न सकिने जस्ता फाइदा हुने भएपछि पशुको कृत्रिम गर्भाधान गर्नेको संख्यामा वृद्धि भएको पशु कार्यालयका प्रमुख डा. कार्कीलेे बताए ।

जिल्लामा प्रजननयोग्य रहेका पशुमध्येे करिब ५० प्रतिशत बढी गाईभैँसीको मात्रै कृत्रिम गर्भाधान भएको बताइएको छ । यो प्रक्रिया ७० प्रतिशतसम्म पुगे पशु व्यवसायमा राम्रो हुने कार्यालय स्रोतले बताएको छ ।

हालसम्म भैँसी भन्दा गाईमा बढी गर्भाधान गराइएको कार्यालयले जनाएको छ । पशुले साँढे खोजेको १६ घण्टा भित्रमा गर्भाधान गराउनुपर्ने पशु चिकित्सकले बताएका छन् । साँढे खोजेको ठीक समयमा सही तरिकाले गर्भाधान गराउन सके गर्भ रहन सक्ने नत्र बाँझो बस्ने प्राविधिकको भनाई छ । चितवनमा कृतिम गर्भाधान गरिएकामध्ये ७५ प्रतिशत पशुको गर्भाधान सफल भएको पशु कार्यालयको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?