Comments Add Comment

‘दिवाना’को पातलो यूवक, २३ बर्षमा बलिउडको राजा

srk-dewana-photo
प्रसंग २३ वर्ष पुरानो हो । ‘दिवाना’ नामको बलिउड चलचित्र रिलिज भएको थियो । त्यतिवेला भिडियो क्यासेट पाईन्थ्यो । त्यही क्यासेट भीसीआरमा राखेर मान्छेहरु चलचित्र हेर्थे ।

बच्चाहरुलाई घुम्न लिएर हिंडेको हाम्रो बस पञ्जाबवाट दिल्लीको टुरमा थियो । लामो यात्राका कारण प्राय सबै थकित थिए । बसवालाले बसमा चलचित्र लगायो, ‘दिवाना’ ।

चलचित्र सुरु भएको केही समयसम्म यात्रूहरु चुपचाप हेरिरहे । प्राय यात्रुहरु अर्धनिन्द्रामा थिए । अचानक स्त्रिmनमा एउटा नयाँ नायकको आगमन भयो ।

स्त्रिmनमा गीत बज्न सुरु भयो ‘कोही न कोही चाहिए प्यार करने वाला’ । अचानक बसमा भएकाहरु कराउन थाले । मानौ चलचित्र भर्खर सुरु भएको छ ।

धाराबाहिक सिरियल हेर्ने केही दर्शकले चिनेका भएपनि दुब्लो पातलो यूवकलाई धेरैले चिन्दैन थिए । हेर्दा हेर्दै तिनै ब्यक्ति बलिउड चलचित्रको मुख्य अंश बने । जसको नाम हो साहरुख खान । सम्भवत १९९२ को कुरो थियो त्यो ।

त्यो त सुरुवाती मात्रै थियो । क्रमश एक- एक गर्दै साहरुख पर्दामा छाउन थाले । आमिर खान र सलमान खानपछि साहरुख बलिउड उद्योगको तेस्रो खानका रुपमा परिचित भए । अहिले पनि बलिउडमा तीन खानकै राज छ ।

आज ‘दिवाना’को २३ वर्ष पुरा भएको अवसरमा सामाजिक सञ्जालमा साहरुख छाएका छन् । ‘दिवाना’मा साहरुख खानसँग काम गरेका ऋषि कपुरले ट्वीट गर्दै भनेका छन् ‘आज २५ जुन १९९२ मा ‘दिवाना रिलिज भएको थियो । २३ वर्ष पूरा भयो । दिब्या भारती, देवेन वर्मा, अमरिस पुरी र राज कम्वरको याद आईरहेको छ ।’

‘दिवाना’को निर्देशन राज कम्वरले गरेका थिए । नायिका थिईन् दिब्या भारती र खलनायक थिए अमरिश पुरी ।

२३ वर्षको यो अवधिमा साहरुखले देश विदेशमा करोडौं फ्यान बनाएका छन् । प्रसिद्ध नायक साहरुखलाई दर्शकले पहिलो पटक यही चलचित्रमै देखेका थिंए । त्यसअघि सन् १९८९ मा उनको छोटो झलक चलचित्र ‘इन विच ऐनी गिब्स इट थोज वन्स’ देखिएको थियो । साहरुख आधा सिनमा देखिएका थिए ।

पहिलो चलचित्रपछि उनको लोकपि्रयता काफी बढ्यो । पत्रकारको रुपमा मैले पनि केही पटक उनलाई देखेकी छु । कतिपय दर्शकहरु उनले भेराईटी दिन सकेनन् भनेर आलोचना पनि गर्छन् ।
‘दिवाना’कै कुरो गर्ने हो भने यही चलचित्रवाट उनले पहिलो पटक ‘फिल्मफेयर अवार्ड’ पाए ।

२५ जुनमै शाहरुखले गरेको ट्वीट यस्तो छ -‘मैले आजसम्म ‘दिवाना’ हेरेको छैन । थाह छैन मैले आफ्नो पहिलो सिर्जना किन हेरिन । यो बुकएण्ड जस्तै हो । कहानी त यही बिचमा छ ।’

बन्दना, बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment