Comments Add Comment

राष्ट्र बैंकमा ३१ अधिकृतका लागि जागिर खुल्यो

१३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ तृतीय श्रेणीका ३१ जना अधिकृतका लागि अावेदन माग गरेको छ । सो तहमा मान्यताप्राप्त विश्व विद्यालयबाट अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरेकामध्येबाट २५ जना मागिएको छ ।

यसैगरी सोही तहमा मान्यताप्राप्त विश्व विद्यालयबाट CA/ACCA/CPA विषयमा स्नातकोत्तर सरहको अध्ययन गरेकाहरूबाट ६ जना माग गरिएको छ । जागिर खान इच्छुकले अागामी साउन १० गते सम्म अावेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

३५ वर्ष ननाघेका पुरूष र ४० वर्ष ननाघेका महिलाले जागिरका लागि अावेदन दिन सक्नेछन् ।

NRB-Photo

अारक्षण पनि छ

२५ जनाको कोटामा अपांगबाट एकजना, दलितबाट एक जना, मधेसीबाट दुई जना, आदिवासी जनजातिबाट तीन, महिलाबाट चार तथा खुल्लातर्फ १४ सीट छुट्याइएको छ। त्यस्तै, ६ जनामध्ये मधेशीबाट एक जना, आदिवासी जनजातिबाट एक, महिला एक तथा खुल्लामा तीन सिट छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।

अाकर्षक जागिर

नेपालको सबैभन्दा प्रभावकारी नियामक निकाय राष्ट्र बैंकको जागिर निकै अाकर्षक जागिर मानिन्छ । अन्य क्षेत्रको तुलनामा तलब पनि धेरै हुने, भत्ता पाइने र स्कलरसीपमाफर्त संस्थाकै खर्चमा बिदेशमा पढ्न जान पाइने भएकाले राष्ट्र बैंकको जागिर अाकर्षक छ ।

(भुल सुधार : यसअघि प्रकाशित समाचारमा सबै अावेदन तृतीय श्रेणीका लागि मागि गरिएको हुनुपर्नेमा दृतीय श्रेणी पर्न गएकोमा क्षमा याचनासहित सच्चाइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment