Comments Add Comment

निःशुल्क कामदार पठाउनु अघि थप तयारी गर्न सरकारलाई निर्देशन

१४ असार, काठमाडौं । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले थप गृहकार्य गरेर मात्रै मलेसिया र खाडी मुलुकमा निःशुल्क कामदार पठाउने निर्णय कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

Tek-Bahadur-Gurung

  • टेकबहादुर गुरुङ, राज्यमन्त्री, श्रम तथा रोजगार

समितिले नेपालीहरु कामका लागि जाने ११० देशहरुसँग पनि श्रम सम्झौता गर्न निर्देशन दिएको छ ।

खाडी मुलुकहरुमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गर्ने सरकारको निर्णयबारे सोमबारको समितिको बैठकमा छलफल भएको थियो ।

छलफलका लागि श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र श्रम मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीलाई बोलाइएको थियो ।

बैठकमा सदस्यहरुले ७ खाडी मुलुकहरुमा कामदार पठाउँदा न्यूनतम शुल्कमात्रै लिने सरकारको तयारीबारे जानकारी मागेका थिए ।

२१ गतेदेखि लागु हुन्छ : राज्यमन्त्री गुरुङ

जवाफमा मन्त्री गुरुङले निम्नवर्गीय नेपाली कामदारको हीतका लागि सरकारले यो निर्णय गरेको स्पष्ट पारेका थिए । उनले यही असार २१ गतेदेखि फ्रि भिसा र फ्रि टिकट लागु गर्ने निर्णय कार्यान्वयनमा आउने जानकारी दिए ।

त्यसअघि सभासदहरुले सरकारको निर्णय सस्तो लोकपि्रयताका लागि नहोस् भनेर सचेत पारेका थिए ।

श्रम तथा रोजगार मन्त्रालयले गत जेठ २६ गते मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, बहराईन, कतार, साउदी अरब, संयुक्त अरव इमिरेट्स, ओमान र कुवेतको रोजगारीका लागि निःशुल्क भिसा र टिकट उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयको म्यानपावर व्यवसायीले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment