Comments Add Comment

युवा पुस्तामा फेसन बन्दै पेस्तोल

Gun

१६ असार, काठमाडौं । जेठ २७ गते : पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरुबाट एक पेस्तोल बरामद ।

असार ५ गते : भारतबाट ल्याएर काठमाडौं तथा चितवनलगायत ठाउँमा पेस्तोल बेच्ने धादिङका बेगबहादुर तामाङ, साम्राट राई, सुनील तामाङ र सन्देश तामाङ दुईवटा अत्याधुनिक पेस्तोलसहित पक्राउ ।

असार १४ गते : ककनीबाट निजी कारमा काठमाडौं फर्कँदै गरेका चार युवक गोलढुंगामा पेस्तोलसहित पक्राउ । पाँचवटा गोली लोड भएको पेस्तोल जयबहादुर रोकायाले कम्मरमै भिरेका थिए ।

राजधानीमा साना हतियार बरामदका पछिल्ला घटना हुन यी । यसले साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ भन्ने देखाएको छ । केही आपराधिक उद्देश्यले पेस्तोल बोक्ने भए पनि केही युवाले भने फेसनका रुपमा पेस्तोल राख्न थालेको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।

साना हतियारप्रति भर्खरै गुन्डागर्दीमा लागेकाहरु, ठेकेदारहरु, दलका कार्यकर्ता र अवैध काम गर्नेको मोह बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment