+
+
Shares

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १७ गते ७:११

१७ असार, काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

संघको नेतृत्व हत्याउन राजनीतिक तथा गैरराजनीतिक समूम चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेको समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेको छ भने गैरराजनीतिक समूह विशुद्ध ब्यवसायीको समूहको रुपमा प्रतिष्पर्धामा उत्रिएको छ ।
kirankishor group
संघको पछिल्लो नेतृत्व दुई राजनीतिक दलको चेपुवामा परी समानान्तर समूह नै बनाएर संगठन चलाएको राजनीतिक समूहभन्दा गैरराजनीतिक समूहको माहौल बनेको एक ब्यवसायीले बताए । पछिल्लो नेतृत्वको विवाद हद दर्जा नै नाघेर विवाद अदालत सम्म नै पुगेको थियो ।

दुई हप्ता अगाडिबाटै जमघट र भेटघाटका कार्यक्रमले तिब्रता पाएको व्यवसायीहरुको चुनावी माहोल विहीबार बेलुकाबाट सकिनेछ ।

संघ निर्वाचनमा नेतृत्वको लडाइमा कांग्रेस निकट लोकतान्त्रिक फोरमबाट विमल ढकालको समूह, एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार मञ्चबाट सरोज पोखरेल र स्वतन्त्ररुपमा विशुद्ध व्यवसायीहरुको समूहबाट किरण किशोर घिमिरे प्रतिष्पर्धामा छन् ।

आ-आफ्ना पक्षमा व्यवसायीहरुलाई तान्न यी तीनै समूहले केही हप्ता अगाडिबाटै सम्पर्क कार्यालय नै स्थापना गरी चुनावी अभियानलाई तीब्रता दिएका थिए ।

bairo

यी तीन समूहले आ-आफैको पक्षमा विजय निश्चित भएको बताएका छन् । संघको निर्वाचन विहीबार विहान १० बजेदेखि शुरु भई बेलुका पाँच बजे सकिने निर्वाचन अधिकृत बलबहादुर तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?