Comments Add Comment

बिमाबिनै सञ्चालनमा छन् देशभरका निजी अस्पताल

१८ असार, काठमाडौं । सामूहिक दुर्घटना बिमा नै नगरी नेपालका अधिकांश निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम बेवास्ता गर्दै ती अस्पतालले दुर्घटना बिमा नगराउँदा उपचारमा जाने र भर्ना हुने बिरामीको ज्यान धरापमा परेको छ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरउन्नति मापदण्डसम्बन्धी निर्देशिकाअनुसार अस्पतालले सामूहिक दुर्घटना बिमा गराएपछि मात्र सेवा दिन मिल्छ।

विश्व स्वास्थ्य संगठनले पनि सामूहिक बिमा गरेर मात्र अस्पतालको सेवा सुरु गर्न सबै मुलुकका अस्पताललाई आह्वान गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

तर उपत्यकाभित्र र बाहिरका नाम चलेका अधिकांश निजी अस्पतालले सामूहिक दुर्घटना बिमा नगराई निर्धक्क बिरामी जाँच्ने र भर्ना गर्ने काम गरिरहेका छन्।

कुनै पनि कारणले अस्पतालभित्र दुर्घटना हुदा वा प्राकृतिक विपत्तिमा ज्यान गुमाउने परिवार र घाइतेलाई क्षतिपूर्ति दिन सामूहिक बिमा गराउनुपर्छ।
‘कसरी पैसा कमाउने भन्नेमा धेरै ध्यान जान थाल्यो निजी अस्पतालको’, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम आचार्यले अन्नपूर्णसँग भने, ‘अस्पतालमा जाँच गर्न आउने बिरामीको सुरक्षा गर्नु र कुनै कारणबस उनीहरूको ज्यान तलमाथि भयो भने त्यसको उचित क्षतिपूर्ति परिवारलाई दिनुपर्छ भन्नेमा दीर्घकालीन योजना नै छैन उनीहरूसँग।’

सामूहिक बिमा दुर्घटना नगराउनेमा राजधानीका बी एन्ड बी, नोबेल, मध्यपुर, अल्का, ग्रिन सिटी, नेपाल अर्थोपेडिक, सुमेरु सामुदायिक, बीपी स्मृति सामुुदायिक, मदरल्यान्ड अस्पताल, मेडिकेयर नेसन, मिड सिटी, इशान बाल तथा महिला अस्पताल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment