Comments Add Comment

१५ वर्षदेखि हतकडी र नेलमा खुला आकाशमुनि छन् राजेश

१८ असार, कपिलबस्तु । बलुहवा गाविस १ स्थित दलित समुदायका एक व्यत्तिलाई १५ वर्षदेखि हतकडी र नेल बाँधेर राखिएको छ । मानसिक सन्तुलन गुमाएका ३५ वर्षका राजेश कोरीलाई परिवारले हातमा हतकडी र खुट्टामा नेल लगाएर १५ वर्षदेखि खुला आकाशमुनि राखेको छ ।
Hatkadi
दोहोनी बलुहवा सडकखण्डको बाटोको किनारमा रुपमा बाँधेर उनलाई राखिएको नयाँ पत्रिकामा खबर छ । उनी बाँधिएकै ठाउँमा खाने, शौच गर्ने, सुत्ने गर्दछन् । मानसिक सन्तुलन गुमेपछि उपद्रो गर्दै हिँड्ने गरेकाले यसरी राखेको दाजु नरेशले बताए । ‘यसरी बाँधेर नराखे घरपरिवार, छिमेकी मात्र होइन, बाटोमा हिँड्ने मानिसलाई समेत पिट्न खोज्छ’ नरेशले भने ।

१५ वर्षअघि रोजगारीका लागि भारतको मुम्बई गएका बेला राजेश एक वर्ष बेपत्ता भएका थिए । उनलाई परिवारले मानसिक सन्तुलन गुमेको अवस्थामा भेटेको थियो । परिवारले भेटेपछि गरिएको उपचारपछि आठ महिना स्वास्थ्य अवस्था ठीक भएपनि पछि फेरि मानसिक अवस्था गुमेको र पैसा अभावमा थप उपचार गर्न नसकेको परिवारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment