Comments Add Comment

काठमाडौँ हिँडेकी मन्जु मकैबारीमा मृत फेला

२० असार, उदयपुर । उदयपुरको त्रियुगा नपा–३ निवासी बलु सदाकी २७ वर्षीया छोरी मञ्जु आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् । उनको शव त्रियुगा नगरपालिका–२ गाईघाटस्थित बरुवा नदीको किनारमा रहेको मकैबारीमा फेला परेको प्रहरीले जनाएको छ ।

मन्जु १० दिनअघि घरबाट काठमाडौँ हिँडेकी थिइन् । बेपत्ता अवस्थामा रहेकी मन्जु आइतबार मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताए । घटनाको कारण खुल्न नसकेको बताउँदै गुरूङले अनुसन्धान जारी रहेको बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment