+
+
Shares

अब खरिदार र सुब्बाका लागि ‘प्रि टेष्ट’ पास गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २ गते ११:१३

२ साउन, काठमाडौं । खरिदार तथा नायब सुब्बाको परीक्षाका लागि तयारी गरिरहनुभएको छ ? अब तपाईले शाखा अधिकृतमा जस्तै पहिलो चरणको परीक्षा ‘प्रि टेष्ट’ समेत दिनुपर्ने भएको छ ।

LOKSEWA AAYOGअहिलेसम्म खरीदार तथा नायब सुब्बामा सिधै अन्तिम चरणको परीक्षामा सहभागी हुन पाइनेमा अबदेखि प्रवेश परीक्षा उत्तीर्ण गर्नैपर्ने नयाँ नियम लोकसेवा आयोगले लागु गरेको छ ।

लोकसेवा आयोगले आर्थिक वर्ष ०७२।७३ का लागि सार्वजनिक गरेको वाषिर्क कार्यतालिका अनुसार अब अप्रवाधिकित तर्फका राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बा वा सो सरह तथा राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात् खरीदार वा सो सरहका पदहरुका लागि दुई चरणको परीक्षा तालिका तयार गरिएको छ ।

खरीदार तथा नायब सुब्बाका पदहरुमा परीक्षा दिने उमेद्वारहरुको चाप निकै धेरै भएपछि परीक्षा सञ्चालन सम्बन्धी कार्यमा लाग्ने श्रम, लागत र समय कम गर्न दुई चरणको परीक्षा संचालन गर्ने निर्णय गरिएको लोकसेवा आयोगले जनाएको छ

यस अनुसार अब पहिलो चरणको परीक्षा अर्थात् प्रवेश परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरुले मात्र नायब सुब्बा तथा खरीदारको अन्तिम अर्थात् दोश्रो चरणको लिखित परीक्षामा सहभागी हुन पाउनेछन् । यसबाट धेरै परीक्षार्थीहरु पहिलो चरणबाटै बाहिरिने र दोश्रो चरणमा परीक्षार्थीको चाप घट्ने अपेक्षा लोकसेवा आयोगको रहेको छ ।

तर, पहिलो चरणको परीक्षाको पाठ्यक्रम के हुने ? हालसम्म कायम रहेको पहिलो पत्रलाई नै पहिलो चरण कायम गर्ने वा नयाँ पाठ्यक्रम ल्याउने तथा दोश्रो चरणको पाठ्यक्रम अन्तरगत  पुरानै कायम हुने वा थपघट हुने भन्ने बारेमा लोकसेवा आयोगले केही खुलाएको छैन । जसका कारण उल्लेखित पदहरुका लागि लोकसेवा आयोगको तयारी गरिरहेका  विद्यार्थीहरुमा अन्योल बढेको छ ।

परीक्षा कहिले ?
लोकसेवा आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अब नायब सुब्बा पदका लागि फागुन महिनामा पहिलो चरणको परीक्षा सञ्चालन हुनेछ । पहिलो चरणको परीक्षाको परीक्षाफल चैत्र महिनामा प्रकाशित हुनेछ । त्यसबाट उत्तीर्ण परीक्षार्थीहरु वैशाख महिनामा हुने दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

दोस्रो चरणको लिखित परीक्षाको परीक्षाफल साउन वा भदौ महिनामा प्रकाशित हुनेछ भने भदौ वा असोज महिनामा अन्तरवार्ता भएर उमेद्वार सिफारिस हुनेछन् ।

त्यस्तै खरीदार पदका लागि चैत्र महिनामा पहिलो चरणको परीक्षा संचालन हुनेछ । पहिलो चरणको परीक्षाको परीक्षाफल वैशाख महिनामा प्रकाशित हुनेछ । पहिलो चरणको परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरु जेठ महिनामा हुने दोश्रो चरणको लिखित परीक्षामा सहभागी हुनेछ । दोश्रो चरणको लिखित परीक्षाको परीक्षाफल भदौ वा असोज महिनामा प्रकाशित हुनेछ । दोश्रो चरणको परीक्षाबाट उत्तीर्ण हुने परीक्षार्थीको असोज देखि कार्तिक महिनाभित्रमा अन्तरवार्ता सम्पन्न भई नियुक्तिका लागि लोकसेवा आयोगले सिफारिस गर्नेछ ।

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत (अप्राविधिक) पदका लागि दुई चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ । जसका कारण पहिलो चरणको परीक्षाबाटै ठूलो अनुपातमा परीक्षार्थीहरु अनुत्तीर्ण भएर बाहिरिने गरेका छन् र तुलनात्मक रुपमा गुणस्तरीय उमेद्वारबीच दोश्रो चरणमा प्रतिस्पर्धा हुने गरेको छ ।

आर्थिक वर्ष ०७२।७३ का लागि लोकसेवा आयोगले प्रकाशित गरेको वाषिर्क कार्यतालिका हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?