Comments Add Comment

१३ अनौठा सोच जसले उनीहरुलाई अर्बपति बनायो

सामान्य रुपमा विश्वमा स्थापना भएका प्रविधि कम्पनीहरुमा हरेक १० मा नौ वटा त असफल नै हुन्छन् र सकिन्छन् । तर जो सफल हुन्छन् ती चानचुने हुँदैनन् । यस्तो दुर्लभ सफलताको राज के होला ? अवश्य पनि, उत्कृष्ट आइडिया । यी अर्बपतिहरुलाई पनि यस्तै आइडियाले  आफ्नै बलबुतामा अर्वपति बनायो :

ल्यारी पेज तथा सर्गेइ ब्रिन
ल्यारी पेज तथा सर्गेइ ब्रिन

·       ल्यारी पेज तथा सर्गेइ ब्रिन स्टानफोर्ड विश्वविद्यालयमा विद्यावारिधीका विद्यार्थी थिए । त्यतिबेला नै उनीहरुमा इन्टरनेट सर्च इन्जिनको आइडिया फुर्यो । तर उनीहरुको आइडिया बजारमा विद्यमान अन्य सर्च इन्जिनहरु भन्दा भिन्न थियो । उनीहरुको कल्पनाको सर्च इन्जिनले विभिन्न पेजहरुमा उपलब्ध लिंकहरुको संख्या तथा विश्वसनीयताको परीक्षण पनि गथ्र्यो केवल कि वर्ड मात्र होइन । गुगलको सर्च इन्जिन अहिले विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन हो ।

इन्टरनेट सर्च इन्जिनको बजारमा यसको आधिपत्य छ । सर्च इन्जिनबाटै गुगलले वर्षको ६६ अर्ब डलर कमाउँछ । सर्च इन्जिनको अलावा गुगल अहिले   अन्य व्यवसायमा पनि लागेको छ । चर्चित स्मार्टफोन प्लेटर्फम एन्ड्रोइडका साथै भिडियो वेबसाइट यु ट्युब गुगलकै सन्तान हुन् । साथै गुगलले गुगल ग्लास जस्ता धेरै परियोजना पनि सुरु गरेको छ । कुनै बेलाका विद्यार्थी पेज र ब्रिन अहिले अर्बपति छन् र उनीहरुको सम्पत्ति झण्डै ३०-३० अर्ब डलर जति छ ।

 मार्क जुकरबर्ग
मार्क जुकरबर्ग

·       मार्क जुकरबर्ग त्यतिबेला हार्वार्डमा अन्डरग्राजुएट थिए जब उनमा ‘हट अर नट’ प्रकारको वेबसाइट फेसबम्यासको आइडिया फुर्यो । उक्त साइटको माध्यमबाट जुकरबर्गले मानिसहरुलाई एक आपसमा जोड्नका लागि प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुरा बुझे र त्यसपछि दी फेसबुक डट कम सुरु गरे । पछि दी फेसबुकको नाम बदलेर फेसबुक मात्र राखे । एक दशकभन्दा कम अवधिमै जुकरबर्गले फेसबुकलाई अढाइ खर्ब डलरको कम्पनी बनाउन सफल भए । जुकरबर्गको आफ्नै सम्पत्ति अहिले ३५ अर्ब डलर बराबर छ ।

माइकल ब्लुमबर्ग
माइकल ब्लुमबर्ग

·       सन् १९७० को दशकमा वालस्ट्रिटमा व्यापारीको रुपमा रहँदा नै माइकल ब्लुमबर्गलाई के अनुभुति भयो भने वित्त कम्पनीहरु विश्वासिलो व्यवसायिक सूचनाका लागि ठूलो मूल्य चुकाउन तयार हुन्छन् । त्यसपछि उनले ब्लुमबर्ग नामक कम्पनी स्थापना गरी संचार व्यवसाय सुरु गरे । त्यसले सुरुमा कम्प्युटर टर्मिनलबाट तिब्र रुपमा महत्वपूर्ण वित्तिय सूचना प्रवाह गथ्र्यो । पछि यसै नामबाट टेलिभिजन समेत संचालन भयो । ब्लुमबर्ग कम्पनी ८ अर्ब डलर वाषिर्क आम्दानी गर्ने कम्पनीको रुपमा स्थापित भएको छ र यो विश्वको सबैभन्दा शक्तिशाली मिडियाका साथै वित्तिय सूचना कम्पनीको रुपमा पनि स्थापित भएको छ । माइकल ब्लुमबर्गको सम्पत्ति झण्डै ३७ अर्ब डलर रहेको छ ।

जेफ बेजोस
जेफ बेजोस

·       सन् १९९० मा वालस्ट्रिटको एउटा कम्पनीमा काम गर्दाताका नै जेफ बेजोसलाई आफ्नै कम्पनी खोल्ने लहड चल्यो । उनले अनलाइन बुकस्टोर सुरु गर्ने निधो गरे । त्यसपछि उनले अमेजन कम्पनी स्थापना गरे । अहिले अमेजन विश्वको सबैभन्दा ठूलो मध्येको एक अनलाइन सपिङ साइट बनेको छ । यसले किताब मात्र होइन फर्निचर देखि लिएर ग्याजेट र वाइनसम्म बेच्दछ । वाषिर्क ८८ अर्बको व्यापार गर्ने अमेजनको कुल सम्पत्ति २ सय अर्ब रहेको छ । कम्पनीका मालिक बेजोसको सम्पत्ति झण्डै ३८ अर्ब डलर रहेको छ ।

 ल्यारी इलिसन
ल्यारी इलिसन

·       दक्षिणी शिकागोमा हुर्किएका ल्यारी इलिसनको बाल्यकाल खासै उत्साहजनक रहेन । उनी कलेजमा पनि दुइपटक पढाइ छाडे । तर जब २२ वर्षको उमेरमा सन् १९६० को दशकको मध्यतिर उनी क्यालिफोर्निया हानिए तब उनको जिवनले नयाँ मोड लियो । क्यालिफोर्निया आएपछि उनले आइबिएम कम्पनीको डाटाबेस प्रोग्रामिङ ल्यांग्वेज एसक्विएल बारेको एक रिपोर्ट प्राप्त गरे । उक्त रिपोर्टले उनलाई यतिधेरै प्रभावित गर्यो की उनले एसक्विएलकै आधारमा ओर्याकल डाटाबेस सिर्जना गरे जुन आइबिएम बाहेकका कम्प्युटरमा चल्दथ्यो । केही वर्षमै ओर्याकलले फड्को मार्यो र सबैभन्दा लोकपि्रय डाटाबेस बन्न सफल भयो । अहिले ओर्याकल कम्पनी १ खर्ब ९५ अर्ब डलरको बनेको छ । इलिसन पनि दुनियाका सबैभन्दा धनी मानिस मध्येका एक हुन् जसको सम्पत्ति ६५ अर्ब डलर रहेको छ ।

बिल गेट्स र पाउल एलेन
बिल गेट्स र पाउल एलेन

·       सन् १९७५ मा माइक्रोसफ्टका संस्थापकहरु बिल गेट्स र पाउल एलेन पूरानो स्वरुपको माइक्रो कम्प्युटर अल्टाएर ८८०० को विज्ञापनमा देखिए ।   उनीहरुले प्रोग्रामिङ ल्यांग्वेज ‘बेसिक’ बनाए जुन अल्टाएर ८८०० को आधारभुत कोड बन्यो । छिटै माइक्रोसफ्टले डस अपरेटिङ सिस्टम तयार गर्यो र त्यो आइबिएमलाइे बेच्यो । केही वर्षपछि माइक्रोसफ्टले विन्डोज बनाए जसमा डस  भन्दा  अत्यधिक ग्राफिकल इन्टरफेस उपलब्ध थियो । त्यसपछि माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीको रुपमा स्थापित भयो । पर्सनल कम्प्युटर तथा सफ्टवेयर बजारमा उसको आधिपत्य कायम भयो । सर्भरदेखि लिएर डाटा सेन्टर र भिडियो गेमदेखि लिएर मोबाइल फोन सम्मको व्यवसाय रहेको माइक्रोसफ्टको मूल्य ३ खर्ब ७० अर्बको छ । त्यहीँ माइक्रोसफ्टका सहसस्थापक बिल गेट्स विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति झण्डै ८० अर्ब डलर रहेको छ ।

मार्क बेनिवफ
मार्क बेनिवफ

·       सन् १९९८ मा सेल्सफोर्स स्थापना गर्न मार्क बेनिवफसँग क्रान्तिकारी आइडिया थियो । वेब तथा क्लाउड मार्फत तिब्र रुपमा तथा सजिलो सँग सफ्टवेयरहरु इन्स्टल गर्न अपडेट गर्न सकिने चाहना उनकेा थियो । उनले बिक्रेताहरुको लागि लक्षित गर्दै सेल्सफोर्स कम्पनी खोले । तर अहिले भने यसमा मार्केटिङ, ग्राहक सेवा तथा डाटा विश्लेषण लगायतका लागि विभिन्न खाले सफ्टवेयर उपलब्ध रहेका थिए । यो विश्वको तिब्र रुपमा प्रगति हासिल गरिरहेको सफ्टवेयर कम्पनीको रुपमा रहेको छ र वाषिर्क ५ अर्ब डलर जति आम्दानी गर्दछ । बेनिवोफको सम्पत्ति ३.८ अर्ब डलर बराबर रहेको छ । क्लाउड मार्केट सुरुवात गर्ने जस उनैलाई जान्छ, जुन अहिले प्रविधि जगतमा सबैभन्दा चल्तीको क्षेत्रको रुपमा रहेको छ ।

मार्क कुबान
मार्क कुबान

·       सन् १९९० को दशकमा इन्टरनेट व्यवसाय सुरु गरेका मार्क कुबान विश्वका पहिलो पुस्ताका इन्टरनेट व्यवसायी हुन् भन्दा फरक पर्दैन । उनले वेबमार्फत स्याटेलाइट प्रशारण सेवा उपलब्ध गराउने विचारका साथ ब्रोडकास्ट डट कम स्थापना गरे । उनले पछि ब्रोडकास्ट डट कम याहुलाई बेचे ५ अर्ब ७० करोड डलरमा । अहिले ब्रोडकास्ट डटकमको अस्तित्व छैन तथापि मार्क कुबान भने ३ अर्ब डलर सम्पत्तिको मालिक छन् । उनी आफ्नै बलवुतामा अर्वपति बनेका विश्वका सफल उद्यमी मध्ये एक हुन् । दलास मेभिरिक्सका मालिक समेत रहेको मार्कको विभिन्न प्रविधि कम्पनीमा लगानी हुनुका साथै उनी चर्चित टेलिभिजनकर्मी पनि हुन् ।

ज्याक मा
ज्याक मा

·       सन् १९९५ मा अमेरिका भ्रमण गर्दा चीनका ज्याक मा लाई इन्टरनेट भन्ने चिजले निकै लोभ्यायो । घर फर्किएपछि उनले छिटै दुइवटा इन्टरनेट कम्पनी खोले तर दुबैमा असफल भए । तेश्रो प्रयासको रुपमा उनले अलिबाबा स्थापना गरे । अनलाइन व्यापार साइट थियो अलिबाबा जसमा उत्पादकहरुले आफ्ना उत्पादनहरुको सूचि राख्दथे र ग्राहकले सिधै खरीद गर्न पाउँथे । अलिबाबा छिटै लोकप्रिय भयो । सन् १९९९ मा यसले आफ्नो लगानी थप्यो र गोल्डम्यान साचबाट ५० लाख डलर तथा सफ्टब्यांकबाट थप २ करोड डलर लगानी भित्रायो । पन्ध्र वर्षको यो अवधिमा अलिबाबा सबैभन्दा धेरै शेयर मूल्य भएको कम्पनी बनेको छ । यसको मूल्य २ खर्ब डलर रहेको छ । ज्याक मा को सम्पत्ति २४ अर्ब छ ।

जान कोम र ब्रायन एक्टनको
जान कोम र ब्रायन एक्टनको

·       जान कोम र उनका साथी ब्रायन एक्टनको दिमागमा   आइडिया आयो, एउटा फोनबुक एप बनाउने जसमा नामसँगै स्टाटस अपडेट पनि उपलब्ध होस् । साथै यसले व्यक्तिको लोकेसन तथा व्यक्ति फोनमा छ छैन भन्ने कुरा पनि देखाओस् । यो आइडियाका साथमा उनीहरुले व्हाट्सएप एथापना गरे । सुरुमा अटोम्याटिक नोटिफिकेसन तथा पुस फिचर्सयुक्त व्हाट्सएप अहिले निकै लोकपि्रय मेसेजिङ एपको रुपमा रुपान्तरण भएको छ । सन् २०१४ मा व्हाट्सएपलाई फेसबुकले १९ अर्ब डलरमा खरीद गर्यो । अहिले यसका ८० करोड मासिक प्रयोगकर्ता छन् । यसका संस्थापक कोमको सम्पत्ति ६ अर्ब ८० करोड डलर रहेको छ ।

जेरी यांग र डेभिड फिलो
जेरी यांग र डेभिड फिलो

·       स्टानफोर्ड युनिभर्सिटीका विद्यार्थी जेरी यांग र डेभिड फिलोलाई इन्टरनेट शव्दकोष बनाउने विचार जाग्यो । त्यसपछि उनीहरु ‘जेरी एण्ड डेभिड्स गाइड टू दी वल्र्ड वाइड वेब’ सुरु गरे । लन्च भएको एक महिनामै यो विश्वको लोकपि्रय वेबसाइटको सूचिमा पर्न सफल भयो । उनीहरुले ‘जेरी एण्ड डेभिड्स गाइड टू दी वल्र्ड वाइड वेब’ को नाम परिवर्तन गरे र याहू नामाकरण गरे । जुन अहिलेसम्म विश्वको सबैभनदा ठूलो मध्येको एक वेब पोर्टलको रुपमा रहेको छ । यसको बजार मूल्य ३८ अर्ब डलर रहेको छ । यद्यपि यांग अहिले याहूसँग आबद्ध छैनन् र आफ्नै कम्पनी छ । उनको व्यक्तिगत सम्पत्ति २ अर्ब डलर रहेको छ । याहूका बोर्ड सदस्य रहेका फिलोको सम्पत्ति ३ अर्ब डलर रहेको छ ।

 माइकल डेल
माइकल डेल

·       टेक्सास विश्वविद्यालयमा पढ्दाताका नै माइकल डेललाई यस्तो महसुस भयो की कम्प्युटरहरु बजारमा सिधै बेच्न सकिन्छ र बिक्रेताहरुको भर पर्नु पर्दैन । उनले डेल कम्पनी स्थापना गरे, जसले पाटपुर्जाहरु एसेम्बल गरेर सस्तो मूल्यमा कम्प्युटर बेच्दथ्यो । पहिलो वर्षमै डेलले ६० लाख डलरको व्यापार गर्यो । डेल चम्किँदै गयो । सन् २००१ सम्ममा यो विश्वको सबैभन्दा ठूलो कम्प्युटर बिक्रेता बन्न सफल भयो । उनको अहिले व्यक्तिगत सम्पत्ति १८ अर्ब डलर रहेको छ ।

निक उडम्यान
निक उडम्यान

·       गो प्रो का संस्थापक निक उडम्यानको सपना ठूलो थिएन । उनी सर्फर थिए, सोही कारण सफिर्ङ गर्दा राम्रो फोटो खिच्ने क्यामरा उत्पादन गर्नु उनको लक्ष्य थियो । उनले यसका लागि वर्षौँ मेहेनत गरे र गो प्रो को पहिलो संस्करण लन्च गरे । ग्रो प्रो कम्पनी अहिले ७ अर्ब ८० करोडको बनेको छ भने उडम्यानको व्यक्तिगत सम्पत्ति  अढाई अर्ब डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment