News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका पूर्व अध्यक्ष अञ्जन धमलालाई बेलायतको एसीई तेक्वान्दोले सम्मान गरेको छ।
- एसीईले धमलालाई खेलको विकास र प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो।
- धमला साउथ एसियन तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो महासंघका कार्यसमिति सदस्य समेत छन्।
३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका महासंघ (एनआईटीएफ) का पूर्व अध्यक्ष अञ्जन धमला सम्मानित भएका छन् ।
बेलायतको प्रतिष्ठित तेक्वान्दो एकेडेमी अथेन्टिक सेन्ट्रेस फर एक्सिलेन्सी अफ तेक्वान्दो (एसीई) ले धमलालाई बेलायत भ्रमणको दौरान सम्मान गरेको हो ।
उक्त खेलको विकास र प्रवद्र्धनमा महत्वपुर्ण योगदान पुुर्याएको भन्दै एकेडेमीले धमलालाई सम्मान गरेको हो । धमलाको निरन्तरको प्रयास र उपलब्धिले खेलाडीहरुलाई प्रेरित गर्न तथा राष्ट्रिय स्तरमा तेक्वान्दोको आधार बलियो बनाउन भूूमिका खेलेको एसीई तेक्वान्दोले जनाएको छ ।
एसीईका संस्थापक एवंम अध्यक्ष ग्रान्ड मास्टर पाउल कटलरले धमलालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । उनी हाल साउथ एसियन तेक्वान्दो महासंघको उपाध्यक्ष र एसियन तेक्वान्दो महासंघको कार्यसमिति सदस्यको जिम्मेवारीमा छन् ।
तेक्वान्दोका छैटौं डान धमला अन्तराष्ट्रिय रेफ्रीको रुपमा समेत सक्रिय छन् ।
प्रतिक्रिया 4