+

उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

२०८२ मंसिर  ३ गते २२:०६ २०८२ मंसिर ३ गते २२:०६
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डमा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ नेपाली खेलाडी बुधबार अकल्यान्ड प्रस्थान गरेका छन्।
  • प्रतियोगितामा विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बोले समान २–२ पुरुष/महिला खेलाडीको रूपमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
  • प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षण न्युजिल्यान्डमै रहने उप–महासचिव राजीव महर्जनले बताएका छन्।

३ मंसिर, काठमाडौं । न्युजिल्यान्ड मा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ खेलाडी बुधबार न्युजिल्यान्डको अकल्यान्ड प्रस्थान गरेका छन् ।

नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्ने छन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन् ।

टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्युजिल्यान्डमै रहने उप–महासचिव महर्जनले जनाएका छन् ।

प्रशिक्षणले २० औं एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उप–महासचिव महर्जनले बताए ।

उसु खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय