Comments Add Comment

टेक्सासमा टीपीएसबारे छलफल  

विकासराज न्यौपाने

अमेरिका । नेपाली समाज टेक्सासको आयोजनामा टेक्सासको इर्विंग शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा टीपीएस जानकारी तथा फर्म भर्न सहयोग पुर्याउने कार्यक्रमको आयोजना गरिएको छ ।

pts

न्युयोर्कबाट आएका एटर्नी विनोद रोक्काले टेक्सासको ड्यालसस्थित नेपाली मन्दिरमा आइतबार अमेरिकाले हालै नेपालीलाई  दिएको टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) बारेमा जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा उनले टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) अमेरिकी सरकारले हालै नेपालमा आएको भूकम्पको कारणले आफ्नो देशमा अमेरिकाबाट फर्केर जाने नेपाली वा नेपालमा बसोबास गरेका अन्य देशका व्यक्तिहरूलाई १८ महिना सम्मकालागि अमेरिकामा बसोबास गरी काम गर्न पाउने सुविधा दिएको छ I  यो सुविधा पाउनको लागि यस्ता व्यक्तिहरू अमेरिकामा जुन २४, २०१५ भित्र आइसकेको र सो समयदेखि लगातार अमेरिकामा बसोबास गरेको हुनु पर्दछ I

अन्तरक्रिया कार्यक्रममा बि-१/बि-२, बिद्यार्थी, एसाइलम लगायत विभिन्न स्टाटसमा रहेका व्यक्तिहरूले टीपीएसमा एप्लाई गर्दा के हुन्छ, यसमा कसरी एप्लाई गर्ने जस्ता विविध प्रकारका समस्याहरूको जानकारी अधिवक्ता रोक्काले प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा USCIS –  DALLAS DISTRCIT  Community Relations Officer JESUS RAMIREZ ले टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस)को सुविधाको बारेमा इजाजत प्राप्त एमिग्रेशन एटर्नी वा अधिकार प्राप्त सस्थाका अधिकार प्राप्त प्रतिनिधिको सल्लाह र सुझाव दिए । उनले विभिन्न सहभागीहरुबाट सोधिएको टीपीएस सम्बन्धि प्रश्नको जवाफ दिएका थिए ।

यसअघि पनि ड्यालसमा टीपीएस सेमिनार भएको थियो । यो नेपाली समाजको सहभागिता तथा आयोजनामा भएको चौथो टीपीएस कार्यक्रम हो।

कार्यक्रमका संयोजक एबम् एचडीएनपीका संस्थापक देवी आचार्यले उक्त कार्यक्रममा सहभागी भएका ड्यालसमा रहेका सम्पूर्ण सङ्घ संस्था र टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस)काबारेमा जानकारी लिन आएका सहभागी र यूएससीअइएसका प्रतिनिधि एबम् एटर्नी विनोद रोक्कालाई धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment