Comments Add Comment

पछि सरे सलमान, ‘ईद’ साहरुखलाई छाड्दै दिवालीमा आउने

salman-and-srk
बलिउडमा लामो समयदेखि चर्चामा रहेको सन् २०१६ को इदमा दुई चर्चित खानको भिडन्त टरेको छ । साहरुख खान अभिनित चलचित्र ‘रइस’ र सलमान खान अभिनित चलचित्र ‘सुल्तान’को भिडन्तले बलिउड बजार गर्माएको थियो ।

तर, बलिउडमा यतिबेला साहरुख र सलमान राम्रो साथी भैसकेका छन् । यसैले पनि दुइले भिडन्त गर्नु आवश्यक ठानेनन् । सलमान र साहरुख खानले लामो छलफल पश्चात चलचित्र नजुधाउने निर्णय गरेका हुन् ।

साहरुख खानको ‘रइस’को  टिजर सार्वजनिक भएपछि यसले अत्याधिक चर्चा पाइसकेको छ । सलमानको ‘सुल्तान’ चलचित्रको भने छायांकन नै प्रारम्भ भएको छैन । सलमानले ‘सुल्तान’को मेकर यशराज ब्यानरलाई आग्रह गर्दै चलचित्र पछि सार्न आग्रह गरेका थिए । दुबै जना स्टारको फ्यान संख्या अत्याधिक भएकाले उनीहरु एकसाथ आउँदा दर्शक बाँडिने पक्का थियो । जसकाकारण सलमानले ईदलाई छाडेर तिहारमा चलचित्र प्रदर्शन गर्ने पक्का गरेका हुन् ।

केही समय अगाडि सलमानले साहरुख र आफ्नो भिडन्त भएपछि साहरुखले नै जित्ने बताएका थिए । साहरुखले पनि सलमान र आफू राम्रो साथी भएकाले अब सबै कुरा मिलेर नै गर्ने प्रतिक्रिया दिएका थिए । ईद सलमान खानको विशेष मानिन्छ भने तिहार साहरुख खानको विशेष मानिन्छ । तर, साथी भैसकेपछि अब भने सलमान र साहरुखले आफ्नो मनपर्ने समय एक अर्काका लागि छाड्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment