Comments Add Comment

विन्डोज १० को निःशुल्क अपग्रेड १९० देशमा उपलब्ध, के-के छन् नयाँ फिचर्स ?

windows-10

माइक्रोसफ्ट कम्पनीले बहुप्रतिक्षित अपरेटिङ सिस्टम विन्डोज १० सार्वजनिक गरेको छ । एउटा प्लाटर्फम, एउटा स्टोर तथा एउटा अनुभव जुन सबैभन्दा सानोदेखि सबैभन्दा ठूलो स्क्रिन मात्र होइन स्क्रिन नै नभएको ठाउँसम्म पनि फैलिन्छ, त्यो सुविधा विन्डोज १० मार्फत उपलब्ध गराउने उद्धेश्य आफ्नो रहेको माइक्रोसफ्टले दाबी गर्दै आएको छ ।

गएको सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फत परीक्षणको रुपमा विन्डोज १० उपलब्ध गराएको माइक्रोसफ्टले त्यसमार्फत ५० लाख प्रयोगकर्ताले पृष्ठपोषण उपलब्ध गराएको जनाएको छ ।

माइक्रोसफ्टले जुलाई २९ देखि नै १ सय ९० देशमा विन्डोज १० उपलब्ध रहेको जनाएको छ । माइक्रोसफ्टले विन्डोज १० का लागि केही नयाँ तथा उत्कृष्ट फिचर्सहरु थप गरेको छ । के-के छन् त विन्डोज १० का उत्कृष्ट फिचर्स ?

पुनः आयो स्टार्ट मेनु

windows-10-2

विन्डोज ८ मा स्टार्ट मेनु नहुँदा निकै अलोकप्रिय तथा विवादास्पद बनेको थियो । सामान्य प्रयोगकर्ताका लागि प्रयोग गर्नै तथा भेट्टाउने गाह्रो स्टार्ट स्त्रिmनका कारण विन्डोज ८ प्रयोगकर्ता दिक्क थिए ।

विन्डोज ८ को त्यो तितो अनुभवलाई मेटाउनका लागि माइक्रोसफ्टले विन्डोज १० मा स्टार्ट मेनुको पुनरागमन गराएको छ । फोल्डरमा आधारित संरचनाका कारण स्टार्ट मेनु ओपन गरिसकेपछि नाम टाइप गरेर चाहिएको एप तत्कालै खोल्न सकिन्छ । साथै आवश्यक एपहरुलाई स्टार्ट मेनुमै पिन गर्न सकिन्छ र यसो गर्दा चाहिएको बेला नाम टाइप गरिरहनु पर्दैन र लाइभ टाइल्समा देखा पर्दछ ।

साथै स्टार्ट मेनुमा अल एप्स क्लिक गरेपछि सम्पूर्ण एपहरु वणर्ानुक्रमअनुसार देखा पर्छन् । अझ र्पनल भ्वाइस एसिस्टेन्ट कोर्टानाको कारण विन्डोज १० तथा स्टार्ट मेनु अझै स्मार्ट बनेको छ ।

माइक्रोसफ्ट एज आयो, इन्टरनेट एक्ल्पोरर गयो

windows-10-3

माइक्रोसफ्टले आफ्नो चर्चित वेब ब्राउजर इन्टरनेट एक्ल्प्लोररको पूरानो लोकपि्रयता फर्काउनका लागि निकै प्रयास गर्यो, तर सफल हुन सकेन । र, अन्ततः उसले पूरानो त्यो ब्राउजरको साटो माइक्रोसफ्ट एज ब्राउजर ल्याएकेा छ । प्रारम्भिक परीक्षणबाट निकै तिव्र गतिको सावित भएको एज ब्राउजरमा कोर्टाना इन्टिग्रेसनका साथै, टेक्स्ट अन्ली रिडर मोड तथा एनोटेसन टूल लगायतका नयाँ फिचर्स उपलब्ध छन् ।

मल्टिपल डेक्सटप

windows-10-4

विन्डोज जस्ता अपरेटिङ सिस्टमका लागि एकैपटकमा केही एपहरु चलाउन सक्नु ठूलो फाइदाको कुरा हो । यद्यपि धेरै एपहरु एकैपटक चलाउने भन्ने कुरा अस्वभाविक हुनसक्छ । अन्ततः माइक्रोसफ्टले मल्टिपल डेक्सटप अर्थात् एउटै स्त्रिmनमा धेरै एपहरु एकैपटक चलाउन सकिने फिचर विन्डोज १० मा सिर्जना गरेको छ । नयाँ डेक्सटपहरु थप गर्ने, एकबाट अर्को विन्डोजमा जाने लगायतका कामका लागि विन ट्याब थिचे पुग्नेछ । कम्प्युटरमा एकैपटकमा धेरै काम गर्न पर्नेका लागि यो फिचर निकै उपयोगी हुनेछ ।

विन्डोज नाममा सेन्ट्रल नोटिफिकेसन सेन्टर

windows-10-5

एन्ड्रोइड देखि एप्पल तथा एक्स देखि लिएर उबुन्टु लगायतका सबै अपरेटिङ सिस्टमले कुनैबेला सेन्ट्रल नोटिफिकेसन सेन्टर राखेका थिए ।

माइक्रोसफ्टले पनि यो आवश्यक फिचर विन्डोज १०मा राखेको छ । प्राप्त नोटिफिकेसन खोल्नका लागि तल दायाँ भागमा रहेको नोटिफिकेसन ट्रेमा क्लिक गर्न तथा विन ए थिच्नु पर्नेछ । त्यस्तै यदि टचस्त्रिmनसँग जोडिएको ग्याजेट छ भने एउटा बटन थिचेर तत्कालै डेक्सटपबाट ट्याबलेट मोडमा जान सकिन्छ ।

ट्याबलेट र कम्प्युटर बीचको सम्बन्ध सेतु

डेक्स्टपलाई ट्याब्लेट जस्तै देखाउने नाममा विन्डोज ८ मा राखिएका फिचरहरु वास्तवमा निकै भद्दा थिए र विन्डोज ८ को प्रमुख असफलताको कारक थिए । तथापि यसले विन्डोजको ट्याबलेटमाथिको प्राथमिकता झल्काएको थियो । माइक्रोसफ्टले कन्टिनम मापर्ःत फेरि त्यो प्रयास दोहोराएको छ ।

यदि ट्याबलेट वा टचस्क्रिन छ भने टचमोड एक्टिभेट गर्न सकिने र अपरेटिङ सिस्टमले ट्याबलेटकै काम गर्नेछ । त्यस्तै किबोर्ड र माउस जोडेपछि डेक्स्टप मोडमा बदल्न सकिन्छ । युनिभर्सल एप्स पनि यसको समकक्षीको रुपमा रहेको छ ।

धेरैजसो विन्डोज एप्लिकेसन डेक्स्टपका लागि लक्षित गर्दै डिजाइन गरिएका भएप्नि माइक्रोसफ्टले पछिल्लो समयमा माइक्रोसफ्टले एप डेभलपर्सहरुलाई डिभाइसको किसिमको आधारमा इन्टरफेस परिवर्तन गर्न सकिने एप सिर्जना गर्न प्रोत्साहन गरिरहेको छ । नेटफि्लक्स, भिएलसी तथा प्लेक्स जस्ता एप्सहरु डेक्सटपमा राम्रोसँग काम गर्छन् र आवश्यकता अनुरुप टचस्किनमा पनि आफै एडजस्ट हुन्छन् ।

विन्डोज १० का विषयमा माइक्रोसफ्टको दाबी यस्तो छ

विन्डोज १० तिव्रगतिको तथा अभ्यस्त खालको छ । यसमा तपाइँले विन्डोज ७ लगायतमै प्रयोग गरेर विज्ञ बनिसक्नुभएको स्टार्ट मेनु, टास्कबार तथा डेक्स्टप मात्र होइन नयाँ फिचरको रुपमा एपहरुको लाइभ टाइल्स पनि उपलब्ध छ ।

तपाइँको कम्प्युटरमै विद्यमान हार्डवेयर, सफ्टवेयरमै विन्डोज १० चल्छ र नयाँ केही थप गर्नुपर्दैन । साथै निशुल्क अपडेटको सुविधाले नयाँ नयाँ फिचर्स तथा सेक्युरिटी अपडेटका लागि प्रयोगकर्तालाई सहज हुन्छ । त्यसका साथै अनलाइन स्टोरेज वनड्राइभले आफ्ना फाइलहरु सजिलैसँग शेयर गर्न तथा अद्यावधिक गर्न सकिने माइक्रोसफ्टले जनाएको छ ।

साइबर जोखिमको अहिलेको युगमा विन्डोज १० सबैभन्दा सुरक्षित विन्डोज रहेको दाबी माइक्रोसफ्टको रहेको छ । भाइरस, मालवेयर तथा फिसिङबाट सुरक्षाका लागि स्तरोन्नती गरिएको विन्डोज डिफेन्डर तथा स्मार्ट स्त्रिmनको प्रयोग गरिएको छ ।

त्यसका साथै विन्डोज १० मा एउटा फिचर छ, विन्डोज हेलो । यसले तपाइँलाई नामैले अभिवादन गर्छ र पासवर्डमुक्त तिव्र तथा सुरक्षित लगइनको मार्ग प्रसस्त गरिदिन्छ ।

विन्डोज १० को सार्वजनिकीकरण पर्सनल कम्प्युटिङको दूरदृष्टिको रुपमा रहेको दाबी माइक्रोसफ्टको छ । विन्डोज १० अझै बढि पर्सनल तथा उत्पादनशील रहेको बताइएको छ ।

यसमा भ्वाइस, पेन तथा जेस्चर इनपुट रहेको छ जसका कारण आफ्नो कम्प्युटरसँग अझै बढि स्वभाविक रुपमा अन्तरक्रिया सम्भव हुन्छ । साथै यसमा अफिस तथा स्काइपी पूर्णरुपमा तिव्रगतिमा चल्नेगरी डिजाइन गरिएको छ, जसले प्रयोगकर्ताको कार्यदक्षता बढाउँछ । विन्डोज स्टोरमा उपलब्ध अफिस मोबाइल एप्समा वर्ड, एक्सेल, पावर प्वाइन्ट तथा वन नोट लगायतका फिचर्स छन् ।

जुन ट्याबलेट प्रयोगकर्ताका लागि निकै नै उपयोगी तथा उत्कृष्ट फिचर सावित हुनेछन् । अफिसको नयाँ डेक्स्टप एप (अफिस १६) छिटै सार्वजनिक हुने र यसमा डेक्सटप प्रयोगकर्ताका लागि निकै उत्कृष्ट सुविधा उपलब्ध हुने दाबी माइक्रोसफ्टको रहेको छ ।

पर्सनल डिजिटल एसिस्टेन्ट कोर्टानाले सही समयमा सही सूचना तथा जानकारी प्रदान गर्न सजिलो बनाउने दाबी माइक्रोसफ्टको रहेको छ ।

एकिकृत एक्सबक्स एप मार्फत विन्डोज १० मा एक्सबक्सको मज्जा उठाउन पाइनेछ ।

विन्डोज १० मा कम्प्यानियन फोन एप रहेको छ । यसले तपाइँको आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनलाई तपाइँको विन्डोज डिभाइससँग सँगै काम गर्ने प्रयोजनका लागि सेटअप गर्ने सुविधा उपलब्ध गराउनेछ ।

विन्डोज १० मा फोटोज, म्याप्स, नयाँ म्युजिक एप ग्रूभ तथा मूभिज र टिभी लगायतका इनबिल्ट एपहरु उपलब्ध रहने बताइउको छ ।

यो पनि पढ्नुहोस्

विन्डोज १० अपग्रेडका विषयमा पढ्नैपर्ने सवाल जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment