Comments Add Comment

जुनी फेर्नेहरुको कथा (फोटो फिचर)

Baiterni Cafe_drama (11)पछिल्लो समय फिल्मतिर व्यस्त भएका दयाहाङ राईले रंगकर्मीको जुनीमा फर्कने प्रयास गरेका छन्, जुनी फेर्नेहरुको कथा लिएर ।

बैतरणी नदी पार भएपछि जुरी फेरिन्छ भन्ने हिन्दु मिथकलाई एउटा क्याफेका रुपमा परिकल्पना गरेर दयाहाङले नयाँ नाटक बनाएका छन् ।

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक बैतरणी क्याफे फ्यान्टासीमा आधारित छ । पशुपक्षीहरुको एउटा समूह जुनी फर्केर वैतरणी आइपुगेको सन्दर्भबाट अघि बढेको नाटकमा मानिसको अनेक चरित्र र व्यवहारमाथि व्यंग्य गरिएको छ ।

Baiterni Cafe_drama (6)

मानिसमा हुने महत्वकांक्षाका साथै अहमता र छलकपटलाई पनि दयाहाङले नाटकमा देखाउन खोजेका छन् । फरक स्वास्र्थ बोकेकाहरु कसरी द्वन्द्वमा फस्छन् र एउटा खास संकटपछि सामूहिकतामा काम गर्छन् भन्ने देखाएको छ, जसलाई मुलुकको राजनीतिसँग जोडर पनि हेर्न सकिन्छ ।

बाँदर, बाघ, बिरोलो जस्ता जीवजन्तुको सिम्बोलिक प्रयोग गरिएको छ । दयाहाङको लेखन तथा निर्देशनमा रहेको वैतरणी क्याफेमा बाल्मीकि पोखरेल, विजया कार्की, सिर्जना सुब्बा, विजय बराल, मोहम्मद नाजिर हुसेन र उमेश तामाङले अभिनय गरेका छन् ।

अंकित खड्का  विकास जोशी, संयोज गुरागाईँ, रियर राई, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल, आर्जेसी रेग्मी लगायतको पनि अभिनय छ ।

हेर्नुहोस् थप तस्वीरहरूः

Baiterni Cafe_drama (1)

Baiterni Cafe_drama (2)

Baiterni Cafe_drama (3)

Baiterni Cafe_drama (4)

Baiterni Cafe_drama (5)

Baiterni Cafe_drama (7)

Baiterni Cafe_drama (8)

Baiterni Cafe_drama (9)

Baiterni Cafe_drama (10)

Baiterni Cafe_drama (12)

Baiterni Cafe_drama (13)

Baiterni Cafe_drama (14)

Baiterni Cafe_drama (15)

Baiterni Cafe_drama (16)

Baiterni Cafe_drama (17)

Baiterni Cafe_drama (18)

Baiterni Cafe_drama (19)

Baiterni Cafe_drama (20)

Baiterni Cafe_drama (21)

Baiterni Cafe_drama (22)

Baiterni Cafe_drama (23)

Baiterni Cafe_drama (24)

Baiterni Cafe_drama (25)

Baiterni Cafe_drama (26)

Baiterni Cafe_drama (27)

Baiterni Cafe_drama (28)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment