Comments Add Comment

प्रस्तावनामा नेपाल बुद्ध जन्मभूमि लेख्न माग

१७ साउन, काठमाडौं । नेपाल बौद्ध महासङ्घ र अखिल नेपाल भिक्षु महासङ्घले नयाँ संविधानको प्रस्तावनामा नेपाल बुद्ध जन्मभूमि लेख्न माग गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बौद्ध महासङ्घका अध्यक्ष फुबु छेण्डे शेर्पाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरवारस्थित कार्यालयमा संवैधानिक बौद्ध आयोग स्थापना गर्न समेत माग गरेको हो ।

परम्परागत धार्मिक शैक्षिक प्रणालीलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने, धार्मिक शैक्षिक प्रणालीलाई आधारभूतदेखि उच्च तहसम्म निःशुल्क शिक्षा पाउने हक कायम गर्नुपर्ने, विहार, गोन्पा, मदरसा शिक्षा तथा हिन्दू परम्पराको गुरुकुल शिक्षाका विभिन्न तहलाई शैक्षिक मान्यता प्रदान गर्नुपर्नेलगायत विषय ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सभापति डा भट्टराईले पत्र बुझेपछि विभिन्न महासङ्घ तथा बौद्ध धर्मगुरुले उठाएका विषयवस्तु तथा माग जायज भएको त्यसलाई पूरा गर्न विभिन्न राजनीतिक दलसँग छलफल र समन्वय गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment